उनीहरूले पीडितलाई थप पीडा र निराश पार्ने देखावटी प्रक्रिया अपनाइए पीडित समुदायकै अगुवाइमा समानान्तर नागरिक आयोग बनाई सत्य अन्वेषण गरी पीडकको नाम सार्वजनिक गर्न बाध्य हुनेसमेत चेतावनी दिएका छन्।
सडक मार्गनजिक भएका कारण पनि गोकुलेश्वर अस्पतालमा सेवाग्राही बढी हुने गर्छन्। तर अस्पतालसँग भएका उपकरण बिग्रिँदै जानु तथा मर्मतमा समेत कसैले चासो नदिँदा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ।
चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाबाट हुने कमाइ हो। उनीहरूले यार्सागुम्बा बेचेर २ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउने गर्छन्।
यस वर्ष ३२ हजार ८४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १२ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष एक लाख १४ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो।
प्रदेश सरकारले लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७१ वटा परियोजना सोकेसिङ गर्ने तयारी गरेको छ।
बार्सिलोना ओलम्पिक स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेग ३-३ को बराबरीमा सकिएको हो।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।
विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्नेबारे पनि सरकारले प्रतिबद्धता जनाएको छ। तर तोकिएको समयमा ऐन जारी नभए अहिलेकोभन्दा झन् कडा आन्दोलन गर्ने शिक्षक महासंघको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च)मा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्यांकले देखाएको छ।
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ परेका थिए।
अधिकृत महिमानसिंह विष्टले लेखेको पत्र शंकास्पद र कानूनसम्मत नभएपछि सर्वोच्चले चाैधरीलाई थुनामुक्त गर्न भन्दै कारागारलाई नयाँ पत्र काटेको छ। विष्ट भने प्रहरी हिरासतमा छन्।
बुधबार नेप्से ८.१४ अंकले घटेर २ हजार ६२३.८३ को विन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंक घटेको छ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँडमध्ये सात वटाबाट अण्डा संकलन गरिएको हो।
वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी यूएई र माल्टा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर करिब एक दर्जन मानिस घाइते भएका छन्। केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार ३१० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।