विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गर्ने निर्णय पनि गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोस्टमा कार्यरत एक सैनिकको हतियार सफा गर्ने क्रममा गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिमवासीले मनाउँदै गरेको विसु पर्व अर्थात् नयाँ साल नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन्।
व्यापार सहजीकरण वार्तामा नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए।
बलवान नगरपालिकाको वडा नं ११, धमौरा गाउँमा २५ जनामा क्षयरोगको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन्।
काठमाडौँको तीनकुने क्षेत्रमा चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
प्रतिवेदनमा चुनावी खर्च धान्न, नेताको खर्चिलो जीवनशैली थेग्न सहकारी प्रयोग भएको उल्लेख छ। अर्थतन्त्रको आमूल संरचनात्मक परिवर्तनबिना दीर्घकालीन औसत वृद्धिदर हासिल चुनौतीपूर्ण देखिएको आयोगले औँल्याएको छ
बिहारमा पानीजन्य प्रकोपका कारण विगत दुई दिनदेखि मृतकको संख्या बढिरहेको सरकारले जनाएको छ।
चैत १५ गते राजावादीहरूको आन्दोलनको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने सांसदहरूले माग गरेका छन्।
स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरोको सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान मात्रै बिक्री गर्छ।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७८ असारमा ९ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ।
प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ।
प्रतिवेदनमा नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने, गलत प्रयोग हुनसक्ने, अनावश्यक नियन्त्रणमुखी र असान्दर्भिक देखिएका ऐन खारेज गर्न सुझाएको हो।
भारतको ओडिसास्थित केआईआईटीमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको झन्डै २ महिना भइसकेको छ। यो घटनामा ओडिसा पुलिसले गरिरहेको अनुसन्धान सकिन अब कति समय लाग्छ?
समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत समस्याका कारण आर्थिक अवसर सिर्जना हुन नसकेको प्रतिवेदनमा जनाइएको छ।
न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टरमा स्पेनका पाँच जनाको परिवार र एक पाइलट थिए। उनीहरू सबैको मृत्यु भएको हो।
आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।
‘गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन। बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ। तीन वर्षमा साँवा फर्काउने मात्र हो। ब्याज लाग्दैन।’
अख्तियारले साबिक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गरेको ऋण प्रवाहका सम्बन्धमा १२ वटा मुद्दा दायर गरेको थियो। सबै मुद्दामा विशेषको फैसला कानूनसम्मत नभएको भन्दै पुनरावेदन गरेको हो।
चैत १५ गतेको आन्दोलनमा हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको आरोपमा प्रहरीले प्रसाईंको खोजी गरिरहेको थियो।