AnonymousUser

Logout

तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर

लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशितालाई नीतिमा समावेश गरिने, जलवायु नीतिहरूलाई प्रदेश र स्थानीय तहको विकास योजनामा प्रणालीगत रूपमा एकीकृत गरिने मस्यौदामा उल्लेख छ। 

डोटीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ६ घाइते

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो। घाइते ६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

च्याम्पियन्स लिग: आर्सनलविरुद्ध पीएसजीलाई अग्रता

पीएसजीको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे। उनले खेलको ४ मिनेटमा नै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। 

सरकार र शिक्षक महासंघबीच सहमति हुन सकेन, बुधबार पुनः वार्ता

शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। जसका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ।

देशका विभिन्न भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

सोती घटनाका २३ जनाको जन्मकैद उच्च अदालतबाट सदर

उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याका प्रतिवादीको जन्मकैद सदर गरेको छ भने जातीय छुवाछुत कसुरमा भएको सजाय बदर गरेको छ।

झुट्टा अध्यापन अनुमतिपत्र पेश गर्ने शिक्षकमाथि भ्रष्टाचार मुद्दा

धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेश गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।

विश्वभर नै मानव अधिकारको अवस्था चिन्ताजनक : एम्नेस्टी

एम्नेस्टीले १५० देशको मानव अधिकार अवस्थामा अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा विश्वव्यापी रूपमा नै मानव अधिकार संकट पैदा हुने जनाएको छ।

विचाराधीन मुद्दामा असर पर्ने गरी अभिव्यक्ति नदिन गगनलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निवेदकको मागबमोजिम अदालतको अवहेलनामा कारबाही किन गर्नु नपर्ने? सात दिनभित्र लिखित जवाफ पेश गर्न पनि विपक्षीका नाममा आदेश दिएको छ।

भन्सार विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुने गरी भन्सार ऐन संशोधन गर्न विधेयक सदनमा पेश भएको थियो।

नेप्से परिसूचक १५ अंकले घट्यो, साढे ७ अर्बको शेयर किनबेच

नेप्से परिसूचक मंगलबार १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा कायम भएको छ।

राष्ट्रपतिबाट शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत हुने

राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने व्यवस्था छ।

पर्यावरणमैत्री बजेट ल्याउन सरकारलाई संसदीय समितिको सुझाव

समितिले फलाम, तामालगायतका धातुजन्य उद्योग, जुट तथा कपडा उद्योग, खनिज तथा पेट्रोलियम पदार्थमा आधारित उद्योग र प्रांगारिक मल उद्योग सञ्चालन गर्न प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ।

आङ सान सुकीको बंगला लिलामी चौथो पटक असफल

पहिलो पटक सन् २०२४ मार्चमा १५ करोड डलरमा बिक्रीको लागि राखिएको थियो, तर त्यसपछिका तीन लिलामीहरूमा भने क्रमशः मूल्य घटाइएको थियो।

शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदको माग

बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। विरोधपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। 

बर्खास्तीपछि झन् व्यस्त कुलमान

राजनीतिमा आउने मन बनाइसकेका कुलमान तत्कालै कुनै पार्टी प्रवेश गरिहाल्ने मुडमा भने छैनन्। नयाँ पार्टी नै खोल्नेसम्मको विकल्प राखेर उनी ‘पर्ख र हेर’को रणनीतिमा छन्।

फुल्न लागेको स्याउका बोटमा वर्षाले असर, उत्पादन घट्ने

फुल्दै गरेका स्याउ बोटमा वर्षाले असर पुर्‍याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ।

दाउन्नेमा वैशाख ३१ सम्म रातको समयमा सवारी आवागमन रोकिने

१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ। तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ।

वैभवको कीर्तिमानी शतकमा राजस्थानको जित

१४ वर्षीय वैभवले ३५ बलमा शतक प्रहार गरे। उनी आईपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी र सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन्। 

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहीन

लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलित, अपांगता मैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ।