जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षारोपण गरेर पहिरो नियन्त्रण गरिएको छ।
स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ।
कोशी, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।
बागमती सफाइ महाअभियान ६०१ हप्ता प्रवेश गरे पनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेका छैनन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि रुससँगको युद्ध ‘चाँडो अन्त्य’ हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकोमा हालसम्मको प्रगति शून्य छ।
काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस भेरी करिडोरअन्तर्गत रिठानजिकै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।
बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढेको पर्यटन तथा उद्योग कार्यालय प्रमुख पारसिंह थापा बताउँछन्।
भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ।
उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार राति करिब साढे १० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो।
अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनीलाई सम्मान गरिएको छ। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्।
जलजला म्याग्दीस्थित द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्छ। समुद्री सतहबाट तीन हजार ४२० मिटर उचाइमा रहेको यो क्षेत्र अहिले पर्यटकीय गन्तव्य बन्ने क्रममा छ।
बुलिङटार गाउँपालिका–२ भाङबारीमा शुक्राबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा मृत्यु भएको हो।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आयल निगमले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको छ।
जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गँड्यौलाको मलको माग गरेको तर ढुवानीमा समस्या भएको नेपालगन्जस्थित ‘एभरेस्ट अर्ग्यानिक एग्रोफार्म’का सञ्चालक वीरबहादुर हमाल बताउँछन्।
डीआईजीमा बढुवा हुन तीन ब्याचका प्रहरी अधिकृतहरूको ‘लबिइङ’पछि सरकारले दरबन्दी थप्ने प्रक्रिया थालेको छ। गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएमा डीआईजीको बढुवा प्रक्रिया अघि बढ्ने छ।