एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङसँग खेल्दै

एसीसी महिला प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘डी’ को शीर्ष स्थान सुनिश्चित गर्ने लक्ष्यसहित नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

फाइल तस्वीर

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘डी’ को शीर्ष स्थान सुनिश्चित गर्ने लक्ष्यसहित नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको मान्टिनमा नेपाली समयअनुसार बिहान ११:४५ बजे शुरू हुनेछ।

नेपाल र हङकङ दुवैले प्रतियोगितामा लगातार दुई–दुई जित निकाल्दै चार–चार अंक जोडेका छन्। अंक बराबर भए पनि उत्कृष्ट नेट रनरेटका आधारमा नेपाल समूहको शीर्ष स्थानमा छ। 

नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले तथा दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गरेको थियो। हङकङले पनि भुटान र कतारमाथि सहज जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ।