विगत पाँच वर्षदेखि कार्यविधि नल्याउँदा वन व्यवस्थापन, जीविकोपार्जन, सामाजिक सेवा र संस्था सञ्चालनमा समस्या आइरहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए।
सन् २०२१ मा बाइडेन र पुटिनबीच जेनेभामा भेटवार्ता भएयता बहालवाला अमेरिकी र रुसी राष्ट्रपतिबीच हुन लागेको यो प्रत्यक्ष भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।
नेपाली नागरिकलाई भारतका विभिन्न शहरमा पुर्याएर मिर्गौला झिकी बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँ र काभ्रेबाट २-२ जनालाई पक्राउ गरेको छ।
लोकमार्गअन्तर्गत बिमिरे भञ्ज्याङमा पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।
फलोअप
प्रभु मनी ट्रान्सफरको एजेन्ट बन्न सहकारीबाट उठाएको पैसा व्यवसायमा लगाएका देवीप्रकाश भट्टचन र उनको समूहलाई रकम फिर्ता गर्न ताकेता गर्दै प्रभु मेनेजमेन्टले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युराेकाे टोलीले बुधबार राति काठमाडौँबाट एक जना आरोपितलाई पक्राउ गरेको छ।
अदालतले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको छ। बजारमा बिक्री नहुँदा भेडाको ऊन जंगलमै फाल्नुपरेको किसानको गुनासो छ।
दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।
सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि गाउँपालिकास्तरीय संघर्ष समिति गठन भएको छ।
झन्डै साढे ३ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको भन्दै १ वर्ष कैद सजाय र त्यति नै बिगो बराबरको जरिबाना हुने फैसला गरेको छ। अर्को मुद्दामा सजाय निर्धारण भएको छैन।
यो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले गरेका थिए। अहिले फेरि ५१ वर्षपछि देखिएको हो।
प्रतिनिधिसभाको पाँच वर्षको अवधि आधा बितिसक्दा बजेट सम्बन्धीबाहेक मात्र २४ वटा कानून बनेका छन्। जबकि, संविधान जारी हुँदा तीन वर्षभित्र बनाइसक्ने भनिएका कतिपय कानून लामो समयदेखि संसद्मै अल्झिएका छन्।
मनसुन शुरू भएदेखि सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकासहित देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ।
भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वागत कार्यक्रम आयोजना गरिएको थियो।
अघिल्लो कारोबार दिन ४१ अंकको गिरावट देखिएको बजारमा आज भने १.९४ अंकले घटेर २,८३२.०६ को विन्दुमा पुगेको छ।
बादल फाटेर खीरगंगा नदीमा आएको बाढी धराली गाउँमा पसेको थियो। यसले गर्दा उक्त क्षेत्रका सडक, भवन र पसल हिलोले पुरिएका छन्।
चोहर्वा–सिरहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका हुन्।
प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले मन्त्रिपरिषद्ले भाषा आयोगको सदस्यमा एक जनालाई नियुक्त गरेको तर नियुक्ति भने अर्कैले बुझेर काम गरिरहेको विषयमा संसद्को ध्यानाकर्षण गराएका हुन्।