AnonymousUser

Logout

दावोस पुगेर ट्रम्पले भने– म अहिलेको युरोपलाई चिन्दैन

दावोसमा विश्व आर्थिक फोरमको ५६औँ वार्षिक बैठकमा उपस्थित भएका ट्रम्पले युरोप सही दिशामा नगइरहेको भन्दै आफूले अहिलेको युरोपलाई नचिन्ने बताए।

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

अध्यागमन विभागका अनुसार अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँ ल्याएर छाडेको हो।

टिकट पाउन चुनावपिच्छे दल फेर्नेहरू: पुरानासँगै ‘नयाँ’मा पनि अवसरवादकै रजाइँ

चुनाव जित्न जे पनि गर्ने पार्टी र सांसद बन्न जता पनि गइदिने अवसरवादले पुराना–नयाँ सबै पार्टीमा कसरी रजाइँ गर्दै छ भन्ने उत्कर्ष यसपालिको मनोनयनमा देखिएको छ।

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता

रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको भन्दै उजुरी दिएका हुन्।

सवारी दुर्घटनाबाट बच्न हेलमेटको प्रयोग ‘भ्याक्सिन’ जस्तै प्रभावकारी

सवारी दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुको संख्या धेरै रहेको अध्ययनले देखाएको छ।

शक्ति परीक्षणमा दल, संविधान बनेपछि पहिलोपटक एक्लाएक्लै मैदानमा

२०७२ मा संविधान बनेयता भएका निर्वाचनहरूमा कैयौँ ठाउँमा समर्थकले आफ्नो दल–उम्मेदवारलाई नै मत दिन पाएनन्। चुनावी गठबन्धनमा ‘ब्रेक’ लागेसँगै यसपालि दलहरूको वास्तविक शक्ति परीक्षण हुनेछ।

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो

पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा आज करेक्सन हुँदै नेप्से ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ।

महानगरभित्रका नदीको दायाँ-बायाँ क्षेत्रमा भवन निर्माण अनुमति खुला

२०६५ सालमा मन्त्रिपरिषद्‍ले तोकेको मापदण्ड बाहेक थप दुरीका आधारमा निजी जग्गामा भवन निर्माण अनुमति रोक लगाउन नपर्ने महानगरले स्पष्ट पारेको छ।

सिन्जो आबेको हत्यामा संलग्नलाई आजीवन कारावासको सजाय

मुद्दा शुरू हुँदा यामागामीले हत्या गरेको स्वीकार गरेका थिए, यद्यपि केही आरोपमा उनले असहमति जनाएका थिए।

एकैदिन तोलामा १० हजार ४०० रुपैयाँ बढ्यो सुन

मंगलबार तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ रहेको सुन आज २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

सभापति गगन थापा झरे मधेश, फर्किएला कांग्रेसको विरासत?

शेरबहादुर देउवालाई अपवाद मान्दा कांग्रेसमा सभापति भइसकेका नेता कुनै न कुनै समय तराई–मधेशबाट उम्मेदवार बनेकै छन्, गगन पनि सभापति हुने बित्तिकै उतै लागे। क्षेत्र परिवर्तन गर्ने उनको निर्णयले मधेशमा प्रभाव पार्ला?

धुनियाको व्यापार धरापमा, माघमा पनि घट्यो माग

माग घट्दै जाँदा धुनियाको परम्परागत पेसामात्र होइन, यससँग जोडिएको स्थानीय कपास, साना व्यवसाय र श्रमिकको जीविकोपार्जनमा समस्या भएको छ।

पश्चिमी वायुको प्रभाव: तराईमा बिहानैदेखि हुस्सु

दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बेलुकासम्म नै बाक्लो हुस्सु लाग्नेछ।

प्रतिनिधिसभा सदस्य निर्वाचन: उम्मेदवारविरुद्ध बुधबार उजुरी दिन सकिने

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ।

चागोस टापुहरू मौरिससलाई हस्तान्तरण गरेकोमा ट्रम्पद्वारा बेलायतको आलोचना

ट्रम्पका अनुसार, पश्चिमी देशहरूले बिना कारण महत्त्वपूर्ण भूमि त्यागिरहेका छन्, जसले विश्वव्यापी सुरक्षामा खतरा निम्त्याउँछ।

प्रतिनिधिसभा निर्वाचनको लागि साँझ ६ बजेसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता

५ बजेसम्म तोकिएको उक्त समयभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी नै रहेको आयोगले जनाएको छ।

गैरदलीय सरकारमा मन्त्री बने, दलको टिकट बोकेर निस्किए

जेन–जी विद्रोहपछि निर्वाचन गराउन गठित गैरदलीय सरकारका मन्त्रीहरु आफै चुनाव लड्ने ‘बायोडाटा’ बनाउँदै दलको टिकट च्यापेर चुनावी प्रतिस्पर्धामा दौडिएका छन् जसले सरकारलाई नै नैतिक संकटमा पारेको छ।

उपत्यकाका तीन जिल्ला– कहाँबाट कसको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा केही दलले पुरानै उम्मेदवार दोहोर्‍याएका छन् भने केहीले नयाँ पनि लिएर आएका छन्।

मनोनयन दर्तापछि महावीरले भने– रिसको झोँकमा उम्मेदवार बनेँ

महावीर पुनले सरकार र कर्मचारीले असहयोग गरेपछि राजीनामा दिएको र रिसको झोँकमा उम्मेदवारी दिएको बताएका छन्। माघ ४ मै राजीनामा दिए पनि आफ्नै अनुरोधमा सार्वजनिक नगरिएको पनि उनले बताए।

कांग्रेस विवाद: सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।