प्रतिनिधिसभा निर्वाचनका लागि झापाका ९५ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राख्दै सुरक्षा निकायले क्षेत्र नम्बर ५ मा थप सुरक्षाकर्मी परिचालन गर्न प्रदेशसँग माग गरेको छ।
झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई ‘अति संवेदनशील’का रूपमा राखिएको बताए। जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ ‘संवेदनशील’ र ४३ वटा मतदानस्थल ‘सामान्य’ रहेको उनले जानकारी दिए।
जिल्लामा कुल ८१५ वटा मतदान केन्द्र रहेका छन्। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए।
प्रजिअ गेलालले क्षेत्र नं ५ मा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए। पाँच निर्वाचन क्षेत्र रहेको झापाबाट पाँच जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। यसका लागि जिल्लामा ७ लाख १३ हजार ५३७ जनाले मतदान गर्नेछन्।
जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता पुगेका छन्।
उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य दुई गरी कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेको जानकारी दिए। यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन्।
क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एकसहित १ लाख ३० हजार ७१२ मतदाता छन्। त्यहाँ ६३ वटा मतदानस्थल र १५६ वटा मतदान केन्द्र रहेको उनले जानकारी दिए।
क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिलासहित १ लाख ४० हजार ८५७ मतदाता, ६७ वटा मतदानस्थल र १६४ वटा मतदान केन्द्र रहेका छन्। क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित १ लाख ४७ हजार ५२२ मतदाता रहेका छन्। यहाँ ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ।
यसैगरी, क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिलासहित १ लाख ३१ हजार ६७ मतदाता, ४३ वटा मतदानस्थल र १४५ मतदान केन्द्र रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
