AnonymousUser

Logout

बेँसीशहर–चामे सडक २ दिन बन्द हुने

बेँसीशहर–चामे सडकअन्तर्गत मनाङको चामे–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल भाँचिएपछि सडक अवरुद्ध भएकाे छ।

कोशी र सुदूरपश्चिममा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका ‍केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्यालेष्टिनी नेता अब्बासद्वारा जेनिन शिविर पुनः निर्माण गर्ने प्रतिबद्धता

इजरायली सेनाले आक्रमण गरेर १२ प्यालेस्टिनी नागरिकको हत्या गर्नुको साथै बुल्डोजरले सयौँ घर भत्काइदिएका थिए। त्यसलगत्तै इजरायली नेताहरूले सो क्षेत्रको भ्रमण गरेका हुन्।

गुल्जार जोगबनीका कारण घट्दै विराटनगरको व्यापार, साउन १ देखि नाकामा कडाइ गरिने

जोगबनी बजारबाट सामान ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक नहुने कारण सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता किनमेलका लागि भारतीय बजार जाने गरेका छन्। 

नगरपालिका क्षेत्रमा एक वर्ष बचत तथा ऋण सहकारीको दर्ता र कार्यक्षेत्र विस्तार रोक्न सरकारी कार्यदलको सुझाव

बचतकर्तालाई निक्षेप फिर्ता गर्न नसकेका सहकारीले साना बचतकर्तालाई प्राथमिकता दिएर साउन १५ सम्म कार्ययोजना बनाई चैत मसान्तभित्र बचत फिर्ता दिने व्यवस्था मिलाउन कार्यदलले सरकारलाई सिफारिस गरेको छ।

दीर्घकालीन असर पर्ने निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई साउन ३ गते भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको सर्वोच्चले साउन ७ देखि फैसलाका लागि निरन्तर सुनुवाइ गर्न पनि भनेको छ।

प्रधानमन्त्री कप भलिबल: आर्मी र हेल्प नेपालको लगातार चौँथो जित

आर्मीसँग पराजित एपीएफले यस प्रतियोगितामा पहिलो हार बेहोरेको हो। अर्को खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ।

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारहरूलाई बुधबारदेखि कोषमा आबद्ध गर्ने कार्यक्रमको शुभारम्भ गर्ने योजना थियो। तर प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको कारण उक्त कार्यक्रम स्थगित भएको छ।

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

सीताले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन्। चार सन्तानकी आमा सीतालाई साना छोराछोरी र श्रीमानको भूमिगत राजनीतिको सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो।

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्ट

सीता दाहालको पार्थिव शरीरमा प्रधानमन्त्रीसमेत रहेका उनका श्रीमान् पुष्पकमल दाहाल 'प्रचण्ड' र दुई छोरी रेणु र गंगा दाहालले दागबत्ती दिएका छन्।

लम्पी स्किन नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै किसानको धर्ना

लम्पी स्किन देशभर फैलिँदासमेत सरकारले नियन्त्रणमा चासो नदेखाएको किसानको गुनासो छ। पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्न र घरघरमा प्राविधिक पठाएर उपचार गर्न उनीहरूको माग छ।

चिनियाँ कम्युनिस्ट पार्टीमाथि मानवअधिकार उल्लंघनको आरोप

सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सीसीपीमाथि छ। 

२० हजार २०० हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

बाँकेको ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले २०६२/६३ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको थियो। शुरू भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुग्न थालेको छ। 

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, ३ जना पक्राउ

मृतकका आमा र बुबाले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका छन्। 

सीता दाहालको निधनबाट अपूरणीय क्षति: माओवादी केन्द्र

२०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी दाहाल २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन्।

बचतकर्ताको खातामा पहुँच पुर्‍याएर ११ लाख रकमान्तर, २१ वर्षीय युवक पक्राउ

मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्‍याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको खुलेको छ।

राष्ट्रियसभा बैठक स्थगित, बिहीबार बिहान ११ बजे बस्ने

बिहान ११ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

१ लाख रुपैयाँ घुससहित लेखा अधिकृत पक्राउ

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

पेट्रोलियम पाइपलाइन: दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न

 २०७६ भदौ २५ देखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। २०२४ जनवरीदेखि पेट्रोल पनि पाइपलाइनबाट नै ल्याउने निगमको लक्ष्य छ।