AnonymousUser

Logout

साफ यू-१७ मा नेपाल भारतसँग पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको छ।

इराक युद्धको २० वर्ष : सद्दामलाई सत्ताच्यूत गर्नु मात्रै थियो त अमेरिकी आक्रमणको उद्देश्य?

अमेरिकी आक्रमणको २० वर्षपछि पनि इराकीहरू युद्धले दिएको पीडा बोकेर हिँडिरहेका छन्। तर अमेरिकाले अहिलेसम्म इराकमाथि आक्रमण गर्नुको औचित्य पुष्टि गर्न सकेको छैन।

मन्त्रिपरिषद्लाई पूर्णता दिन मंगलबार गठबन्धनमा छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल गर्ने बताएका छन्।

थपिँदै सार्वजनिक ऋणको भार, व्याजदर बढ्दा सरकार नै अप्ठ्यारोमा

सार्वजनिक ऋण लिएर सरकारले पूर्वाधार निर्माणमा खर्च गरे पुँजी निर्माण भएर आर्थिक वृद्धिदर बढ्छ। तर सदुपयोग नगर्दा आर्थिक दायित्व बढ्दै गई मुलुक नै ऋणको पासोमा पर्ने जोखिम भएको विज्ञहरू बताउँछन्।

रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन्।

गठबन्धन ५ वर्ष नै टिक्छ, राज्यका समस्या समाधान गरेर अघि बढ्छ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन आगामी पाँच वर्ष नै टिकेर देशलाई समृद्धितर्फ अग्रसर बनाउने बताएका छन्।

सरकार बनाउने र भत्काउने खेलले देश समृद्ध बन्दैन: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय प्रणालीलाई चलाउन नसक्ने अवस्थामा पुगिएको बताएका छन्।

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल: पहिलो हुने टोलीलाई ५ हजार डलर

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार डलर पुरस्कार प्राप्त गर्ने भएका छन्।

तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

निर्वाचन आयोगले प्रतिनिधिसभामा रिक्त तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। चितवन-२ मा वैशाख १० मा निर्वाचन हुने घोषणा यसअघि नै भइसकेको छ।

रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने सिफारिस अध्ययन गर्दै महान्यायाधिवक्ता, आजै निर्णय हुने

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने तल्ला निकायबाट सिफारिस भएको प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयले अध्ययन गरिरहेको छ।

एमाले राष्ट्रिय सहमतिबाट भाग्योः देवेन्द्र पौडेल

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेकपा एमाले राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न – २ महिनामै एमालेसँगको सहकार्य टुंग्याउनुको कारण के थियो?

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग दुई महिना नबित्दै एमालेसँग सहयात्रा टुंग्याउनुको कारण माग गरेका छन्।

गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नुको विकल्प छैन: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नभएकाले गठबन्धनको संस्कार आत्मसात् गर्दै अघि बढ्नुको विकल्प नहरेको बताएका छन्।

प्रधानमन्त्रीका कारण वैदेशिक सम्बन्ध बिग्रियो: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले उनलाई संसद्मा विश्वास गर्न नसकिने बताएका छन्।

‘तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आउनसक्छ’

अर्थविद् डाक्टर गोविन्दराज पोखरेलले देशको अर्थतन्त्र बिग्रिँदै गएको बताएका छन्। ‍

चीन र रुसबीचको मित्रता थप मजबुत बनेको छ : चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले इतिहासमा चीन र रुसबीचको सम्बन्ध कठिन परिस्थितिबाट गुज्रिएको भएपनि समयक्रमसँगै दुई देशबीचको सम्बन्ध मजबुत बनेको बताएका छन्।

नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका पाँच डीआईजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हट्यो

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती नगर्ने निर्णय गरेको छ।

भारतसँग पारवहन समस्या समाधानमा केन्द्रित छौँ : महावाणिज्यदूत पौडेल

हामीले भारतका सबै बन्दरगाहबाट व्यापार गर्न पाउने गरी पहल गर्नुपर्छ। त्यसो हुँदा भारतका महत्वाकांक्षी परियोजनाहरू सागरमाला र गतिशक्तिको समेत लाभ लिन सक्छौँ।