AnonymousUser

Logout

‘कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा नचिन्दा देशले ठूलो क्षति बेहोर्नुपर्‍यो’

नेपाली कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसक्दा देशले ठूलो क्षति बेहोर्नुपरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।

सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक: उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन्।

मनसुनी वर्षा सुस्त: मुलुकभर ६८ प्रतिशत रोपाइँ

मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन ढिला शुरू भएका कारण धान रोपाइँ कम भएको छ। हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको   मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जुम्ला गुठीचौरका ७ घरमा अज्ञात समूहद्वारा आगजनी

गुठीचौरमा दिनहुँ आपराधिक घटना बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौती थपिएको गुठीचौर गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए। 

कोरियामा काम गरेर फर्किएकाका लागि पुनः खुल्यो भाषा परीक्षाको आवेदन

कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्। भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ।

इटहरीमा ४ जना सवार मोटरसाइकल जिपसँग ठोक्किँदा ३ को मृत्यु, १ गम्भीर

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा इटहरी–१६ का करण चौधरी, शम्भु चौधरी र अनिमेश चौधरीको मृत्यु भएको छ।

कोशीमा लम्पी स्किनबाट ५ हजार पशु मरे, २ लाख २५ हजार बिरामी

राँगाभैँसीभन्दा गाईगोरुमा लम्पी स्किनको समस्या बढी छ। मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट बिरामी परेका छन्।

साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्ड, परिवारलाई शव फिर्ता गर्नसमेत अस्वीकार

साउदीमा सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको ईएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।

लम्पी स्किन नियन्त्रणमा सहकार्य गर्न भारत सकारात्मक

सीमावर्ती नाकाबाट गैरकानूनी रूपमा पशुपक्षी र माछा आयात–निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन्।

कस्तो छ शनिबारको मौसम?

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

गोली प्रहारबाट घाइते युवकको उपचारका क्रममा मृत्यु

सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

ललितानिवास प्रकरण: सञ्चारसचिव राउत कसरी छुटे, अरूको रिट र अन्तरिम आदेश किन खारेज भयो?

ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिवलाई थुनामुक्त गरेको सर्वोच्चले भाटभटेनीका सञ्चालकसहित अरू प्रतिवादीका रिट र उनीहरूको पक्षमा दिइएका यसअघिका अन्तरिम आदेश खारेज गर्न समातेका कानूनी आधारः

रुसी सेनामा भर्ती भएका नेपाली युवा सम्पर्कविहीन, उद्धारको याचना गर्दै परिवार 

अध्ययन भिसामा रुस गएका गोरखाका २३ वर्षीय रजिन परिवारलाई थाहै नदिई रुसी सेनामा भर्ती भएका थिए। तालिम पूरा नहुँदै युद्धग्रस्त क्षेत्रमा खटाइएको बताएका उनी अहिले सम्पर्कविहीन छन्।

राजदूत नियुक्ति प्रक्रियाप्रति उपेन्द्र यादवको असन्तुष्टि

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

गुणस्तरीय शिक्षा र जलवायु कार्यक्रमका लागि नेपाल र ईयूबीच वित्तीय सम्झौता

सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ कार्यक्रमका लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।

ललिता निवास प्रकरण : सर्वोच्चले ‘स्टे अर्डर’ खारेज गरेसँगै कलाधर देउजा पक्राउ

सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजालाई पक्राउ गरेको छ। 

धान रोपाइँ पोहोरको भन्दा २० प्रतिशत कम

सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ।

व्यवसायी नै भन्छन्– कालोबजारीको सुन प्रयोग गर्नु बाध्यता हो

सुनचाँदी व्यवसायीहरूका अनुसार अहिले अधिकांश व्यापारीहरू कालोबजारीकै सुन किनेर व्यवसाय चलाउन बाध्य छन्। पछिल्लो ११ महिना सुनको वैधानिक आयात एक तिहाईले घटेको भन्सार विभागको तथ्यांकले यसको पुष्टि गर्छ। 

मीनबहादुर गुरुङलगायतको रिट खारेज, ‘स्टे अर्डर’ लिएकालाई पनि पक्राउ गर्ने बाटो खुल्यो

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा थुनामा रहेका मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। सर्वोच्चले यही प्रकरणमा जोडिएका १७ जनाको ‘स्टे अडर’ पनि खारेज गर्ने निर्णय गरेको छ।

ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ​ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।