कार्गो विल्डिङमा भन्सार जाँचपासका क्रममा एक्सरे मेसिन चलाएका सरोज श्रेष्ठलाई निलम्बन गरिएको विभागले जनाएको छ।
नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर सञ्चालन अनुमति दिएको छ।
भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन सूचना जारी गरेको छ।
संसदीय समितिको बैठकमा कानूनमन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणका सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत भएको बताए।
समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ दिन थप गरेको बताए।
संसदीय समितिको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले तत्काल राजीनामा दिई सुन तस्करी प्रकरणसम्बन्धी अनुसन्धानलाई सहज बनाउनुपर्ने बताएका छन्।
बागलुङको गलकोट नगरपालिका–१ काफालठुटादेखि गौदी गाउँ जोड्ने मान्द्रेखोलामाथि २२७.२ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ।
अवैधरूपमा भित्रिएको ठूलो परिमाणको सुन मंगलबार बरामद भएसँगै चीन र भारतका नागरिक पनि पक्राउ परेका छन्। यो घटना सीमावर्ती क्षेत्रमा नेरुको माग बढ्नुको कारणसँग जोडिने वीरगन्ज र रक्सोलका व्यापारी बताउँछन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्।
शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन्।
विमानस्थल भन्सार कार्यालयबाट बुधबार १०० किलो सुन भित्रिएको थियो। भन्सार जाँचपास भइसकेपछि उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।
अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। एशिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ।
तीन वर्षदेखि छिटपुट रूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार ५०० पशुचौपाया संक्रमित भएका छन्।
'युवाको मानसिकता किन आपराधिक बन्दैछ' भन्नेबारे अनुसन्धान आवश्यक भएको धनुषाका एसपी विश्वराज खड्काको भनाइ छ।
दशकको अन्त्यसम्ममा जीडीपी दोब्बरले वृद्धि गरी ८०० अर्ब अमेरिकी डलर पुर्याउने योजना रहेको यूएईका अर्थमन्त्रीले जनाएका छन्।
वर्षायाम शुरू भएसँगै असारको अन्तिम सातादेखि डेंगी संक्रमण ह्वात्तै बढेको छ। यसको रोकथाम र नियन्त्रणका लागि जोखिम नक्सांकन तथा हट–स्पट पहिचान, जनचेतना अभियानलगायत कार्यक्रम गर्ने योजना छ।
गण्डकी, कर्णाली र लुम्बिनीका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
यस पटकको सुन तस्करी प्रकरणको अनुसन्धान यसअघि जस्तो बीचमै नतुहिने, अन्तिमसम्म पुर्याएरै छोड्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको भनाइ छ।
छानबिनको क्रममा एनआरटीले बढी उमेरको खेलाडी मैदान उतारेको पाइएको एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले जनकारी दिए।