AnonymousUser

Logout

रास्वपा सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा, रिट खारेज गर्नुपर्ने माग

आफूले राहदानी ऐन विपरीतको कसुर कहिले पनि नगरेको र राहदानी लिएर अरूलाई असर पार्ने कामसमेत नगरेको दाबी रवि लामिछानेले सर्वोच्च अदालतमा पेस गरे‍को लिखित जवाफमा छ।

राष्ट्रपतिले उपचार खर्च आफ्नै खल्तीबाट बेहोर्नुपर्छ: गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट र आमनागरिकले आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने जिकिर गरे।

पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध

ठूला सवारी साधनका लागि सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने प्रहरी नायब उपरीक्षक जैसवारले बताए।

प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’पछि सरकारमा जान रास्वपा 'उत्साही'

रवि लामिछानेसँग आइतबार भेट गरेपछि प्रधानमन्त्री दाहाल रास्वपा सरकारमा आउने दाबी गरिरहेका छन्। रास्वपा महामन्त्री मुकुल ढकाल पनि प्रधानमन्त्री आफ्नो पार्टीलाई मागेकै मन्त्रालय दिन तयार भएको बताउँछन्।

अमेरिकाको फर्स्ट बैंक पनि धराशायी, जेपी मोर्गनले अधिग्रहण गरेर नयाँ ‘ब्रान्डिङ’ गर्ने

सन् १९८५ मा स्थापित फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औँ ठूलो बैंक थियो। तर, गत मार्चमा सेयरमा ९७ प्रतिशतभन्दा बढी गिरावट आएसँगै बैंकमा वित्तीय संकट देखिएको थियो।

महावीर पुन र सरकारबीच चारबुँदे सहमति, नवप्रवर्तनमा लगानी गर्न कोष स्थापना गरिने

सहमतिपछि अध्यक्ष पुनले सोमबारबाट आफ्नो आन्दोलन स्थगित गरेको र आगामी दिनमा युवाहरूलाई जागरूक गर्न आन्दोलन गर्ने बताए।

रास्वपा संसदीय दलका नेतामा पुनः रवि लामिछाने चयन

सोमबार दिउँसो बसेको रास्वपा संसदीय दलको बैठकले पार्टी सभापतिसमेत रहेका लामिछानेलाई पुनः दलको नेता चयन गरेको छ।

अन्धकारतर्फ फुटबलः अनिश्चित बन्यो ‘बी’ डिभिजन, पिरामिड संरचना भत्कने जोखिम

लिग संरचनाअनुसार तल्लोदेखि माथिल्लो ‘डिभिजन’का क्लबले सम्बन्धित श्रेणीमा प्रतिस्पर्धा गरेपछि मात्र एउटा लहरो पूरा हुन्छ, तर प्रतिस्पर्धाको यो लहरो बीचमै चुडाएर एन्फाले लिगको पिरामिड नै भत्काउँदैछ।

आगामी आर्थिक वर्षको बजेट : आयोजनाको चाप, सरकारलाई स्रोत व्यवस्थापनमा सकस

प्रदेश र स्थानीय तहबाट ४ हजार बढी आयोजनाका लागि १ खर्ब ४२ अर्ब रुपैयाँ माग गर्दै प्रस्ताव पेस भएकोमा बजेटको सीमाभित्र रहेर करिब २० प्रतिशत आयोजना छनोट गरिएको योजना आयोगले जनाएको छ।

आयोग बनाएर २०४८ सालयताका भ्रष्टहरूको छानबिन गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको चुनावी घोषणापत्रमा उल्ले‍ख भएअनुसार आयोग बनाएर २०४८ सालयताका भ्रष्टहरूमाथि छानबिन गर्ने दाबी गरेका छन्।

ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले दियो १६ कम्पनीलाई आशयपत्र

बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको छ।

रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय गर्ने

रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने भएको छ।

ओली भन्छन् – सरकारले केही पनि गर्न सक्दैन

ओलीले सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे।

वर्षाले प्रभावित नेपाल–यूएईबीचको खेल मंगलबार हुने, यूएईले १०६–९ को स्थितिमै खेल्न शुरू गर्ने

वर्षका कारण प्रभावित भएको एसीसी प्रिमियर कपअन्तर्गत नेपाल–यूएईबीचको खेल मंगलबार हुने भएको छ। खेल सोमबारकै (१०६–९/२७.३ ओभर) स्थितिमै शुरू हुने बताइएको छ।

सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी छ : परराष्ट्र मन्त्रालय

हालसम्म अन्य ३० जना नेपाली कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको र १९ जना साउदी अरेबियाको जेद्दा शहरमा आइपुग‍ेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रुसद्वारा युक्रेनमा शृंखलाबद्ध आक्रमण, एकको मृत्यु, २५ घाइते

रुसको क्षेप्यास्त्र आक्रमणबाट युक्रेनमा १९ वटा अग्ला आवासीय भवन, २५ वटा नीजि घर, ६ वटा अन्य विद्यालयसहित पाँच वटा पसलमा क्षति पुगेको बताइएको छ।

वर्षाका कारण आज खेल हुन नसके मंगलबार यूएईले २७.३ ओभरबाटै खेल्नु पर्ने

कीर्तिपुरमा वर्षा जारी रहेपछि सोमबार एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल हुने सम्भावना न्यून बनेको छ। यदि आज खेल हुन नसके मंगलबार आजकै खेलले निरन्तरता पाउने छ।

एसीसी प्रिमियर कप: वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल पुन: शुरू

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल पुन: शुरू भएको छ। वर्षाले आधा घन्टा खेल रोके पनि ओभर घटाइएको छैन।

भारतमा हुने चुनावका कारण जमुनाहा नाका दुई दिन बन्द हुने

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि बाँकेको जमुनाहा नाका दुई दिन बन्द गर्न लागिएको हो।

वर्षापछि रोकियो नेपाल र यूएईबीचको खेल

एसीसी प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल र यूएईबीचको फाइनल वर्षाका कारण रोकिएको छ। खेल रोकिनुअघि बलिङमा रहेको नेपालले यूएईलाई दबाबमा राखेको छ।