AnonymousUser

Logout

सार्वजनिक पुस्तकालयको छानो चुहिएर भिजे पुस्तक

सार्वजनिक पुस्तकालयका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन्। पुस्तकबाट पानी सुकाएर पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने पुस्तकालय व्यवस्थापक जुजुभाइ डंगोलले बताए।

नाफा हुने वीरगन्जको रेल भारतीय कम्पनीलाई, घाटामा रहेको जनकपुर रेल्वे चलाउन ‘सटर बनाउने योजना’

जनकपुर रेल्वेले एक वर्षमा ४२ करोड घाटा बेहोरेपछि त्यसको पूर्तिका लागि जनकपुरको जग्गामा सटर बनाएर भाडामा लगाउने योजनामा छलफल थालेको छ। नाफामा भएको वीरगन्जको कार्गो रेल भने भारतीय कम्पनीले चलाउँछन्।

सरकारलाई अस्थिर बनाउने पक्षमा छैनौँ : उपेन्द्र यादव

जसपाका अध्यक्ष उपेन्द्र यादवले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।

चालु आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने, आर्थिक वृद्धिदर २.१६ प्रतिशत

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ।

लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले पाए विश्वासको मत

प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरेका थिए। 

ओलीको दाबी : वर्तमान सरकार कायमै रहे देश टाट पल्टिन्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले ओरालो लागेको अर्थतन्त्रलाई डेढ वर्षभित्र रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन्।

सगरमाथाको दोस्रो शिविरमा एक अमेरिकी आरोहीको मृत्यु

सगरमाथा आरोहणमा गएका अमेरिकी नागरिक जोनाथन सुगरम्यानको दोस्रो शिविरमा मृत्यु भएको छ।

प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा

मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन्।

युक्रेन युद्धमा डिसेम्बरयता २० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु : अमेरिका

मृतक रुसी सैनिकमध्ये आधाजसो रुस समर्थित वाग्नर मर्सिनरी कम्पनीका सदस्य हुन्। हाल दुवै देशका लागि सांकेतिक महत्वको बाख्मुतमा नियन्त्रण कायम गर्न भिडन्त जारी छ।

भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपतिको चाहना

सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैँले गर्न चाहेको स्वकीय सचिवालयमार्फत जनाएका हुन्।

नेपाल एशिया कप क्रिकेटमा, भारत र पाकिस्तानसँग खेल्ने

एसीसी प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा पुगेको छ। आगामी सेप्टेम्बरमा हुने एशिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा छन्।

ओडीआईमा गुलशनको दोस्रो अर्धशतक

गुलशनले १६ मार्च २०२३ मा किर्तिपुरमा भएको यूएईविरुद्धको खेलमा करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए। 

नक्कली शरणार्थी बनाएको आरोपमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्नमा राईको मुख्य भूमिका रहेको प्रहरीको भनाइ छ।

संसदीय समितिहरूको बैठक बोलाउने तयारी, पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने

सभामुखले तोकेका दिन समिति सभापतिको निर्वाचन हुने र सो सूचना निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्नुपर्ने व्यवस्था नियमावलीमा छ।

पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित पढ्दै कमाउँदै कार्यक्रम शुरू गरेको छ।

यूएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

मंगलबार यूएईले सोमबारकै स्थितिदेखि खेल शुरू गरेको हो। तर, यूएई ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमा अलआउट भयो।

सोमबारदेखि अवरुद्ध नौबिसे–मुग्लिन सडक सेना परिचालन गरेर खुलाइँदै

बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ।

देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

वर्षा र चट्याङका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुदलगायत क्षेत्रहरू प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै, साइबर अपराध नियन्त्रणमा जोड

दिवसको नारा ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ तय गरिएको छ।

बैंगलोरद्वारा लखनउ १८ रनले पराजित

जितपछि बैंगलोर १० अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको लखनउ तेस्रो स्थानमा छ।