स्थानीय बजारमा सूनको मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।
सरकारी प्रतिवेदनले लकइन पिरियड सकिए लगत्तै संस्थापक शेयरधनी बाहिरिँदा कम्पनी सञ्चालनमा समस्या आउन सक्ने र यसले सर्वसाधारणको विश्वास गुम्न गई पुँजी परिचालनमा प्रत्यक्ष प्रभाव पर्ने सक्ने औँल्याएको छ।
आइतबार ३२३ कम्पनीको एक करोड २२ लाख ४० हजार ८०२ कित्ता शेयर ७४ हजार ९९१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
शुक्रबार तोलामा एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० निर्धारण गरिएको छ।
दोदा नदीमा करिब ५०० भन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ।
कोदो, कागुनो चिनो, जै, गहुँलगायत खेती गर्दा खानसमेत नपुग्ने भएपछि मुगुका स्थानीय स्याउ, ओखर जस्ता फलफूल खेतीमा लागेका छन्।
अब उपभोक्ताले बैंक तथा वित्तीय संस्थाबाट आफ्नो आम्दानीको ७० प्रतिशत रकमले किस्ता तिर्न पुग्ने गरी ऋण लिन पाउँछन्। यसअघि यस्तो अनुपात ५० प्रतिशत थियो।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ।
चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा एक हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदीको भने एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ।
हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
बुधबार प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४० हजार पुगेको छ।
सन् २०२३ मा १७३ देशका एक लाख ९१ हजार ५५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। यो हालसम्मकै बढी हो।
बुधबार परिसूचक ०.४७ प्रतिशतले घटेर २०१७.९७ को बिन्दुमा कायम भएको छ।
नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यातका लागि साना व्यवसायीहरूलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको 'पस्मिना निर्यात सहजीकरण निर्देशिका' सार्वजनिक भएको छ।
मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार रहेको छ। २०८० चैत मसान्तसम्म जसमध्ये पाँच लाख ७३ हजार ४३३ ले मात्रै बीमा गरेका छन्।
निजी क्षेत्रका प्रतिनिधिले नीति तथा कार्यक्रममा केही नयाँ कुरा आएको, अब सोहीअनुसार बजेट निर्माण र बजेटअनुसार कार्यान्वयनमा जानु महत्त्वपूर्ण हुने बताएका छन्।
पोखरा महानगरपालिकामा सञ्चालन हुने ‘रिसाइक्लिङ एन्ड क्रियट ग्रीन जब’ परियोजनाका लागि मंगलबार दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्न ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी’ कार्यक्रम सञ्चालन गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने जनाएको छ।
सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न अधिकारसम्पन्न संयन्त्र बनाउने भएको छ।