अलैँचीको मूल्य पनि गत वर्षभन्दा तीन गुणाले बढेको छ। गत वर्ष यो सिजनमा प्रतिमन २८ हजार थियो। अहिले ८० हजारसम्ममा बिक्री भइरहेको छ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दुई हजार ६०० किसानले अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी गरेका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुँदै गएको बताएका छन्
हाइड्रो सञ्चालकले आफूहरूका माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्क्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयले बताएका छन्। माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ।
हरियो चियापत्ती बेच्ने किसानले वास्तविक मूल्य नपाएका कारण समस्या भोगिरहेका छन्। उचित मूल्य नपाएपछि चिया विस्तार गर्न नै छाडिसकेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवाद टुंगोमा पुर्याउन निजीक्षेत्रका प्रतिनिधिसमेत रहने गरी अधिकारसम्पन्न आयोग गठन गर्न माग गरेको छ।
अनलाइनबाट प्राप्त प्रस्तावलाई राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा रहने छनोट समितिले विश्लेषण गरी उपयुक्त योजना तथा कार्यक्रमलाई बजेट उपलब्ध गराउन सिफारिस गर्नेछ।
डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने लगायत अन्य विकृतिहरू पनि हटाउँदै लैजाने गभर्नर अधिकारीको भनाइ छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आइतबार एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले ऋणको पुनः तालिकीकरण गर्ने व्यवस्था गरेको छ।
डेडिकेटेड र ट्रंक लाइन महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत् प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको छ।
नेप्से परिसूचक २१.०३ अंकले ओरालो लागेर २०८८.०७ मा सीमित भएको छ।
चालु आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ६० करोडको स्मार्टफोन र करिब १० अर्ब रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागले जनाएको छ।
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष एउटै बगानबाट ७५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए।
धरानस्थित कृषिउपज बजारका अनुसार प्रतिकिलो अम्रिसो १५० रुपैयाँमा किनबेच भइरहेको छ। गत वर्ष यही समयमा १०० रुपैयाँ सम्ममा बिक्री भएको थियो।
सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गरेको छ। तर, मूल्य निर्धारणप्रति उखु उत्पादक किसान भने असहमत छन्।
साइमेक्सले दुई वर्षअघि तीन महिनाको फरकमा ४१ वटा बीवाईडी कार आयात गर्दा अघिल्लो लटका २० वटाको मूल्य प्रतिगाडी १७ हजार १५० अमेरिकी डलर कम थियो। तर उपभोक्तालाई दुवै लटका गाडी एउटै मूल्यमा बेचिएको थियो।
पूर्वका पर्यटकीय क्षेत्रलाई लक्षित गरी करिब ४०० किलोमिटर पैदलमार्ग र इलाममा चिया बगैँचा निर्माण गर्ने योजना छ।
नेपाल पोल्ट्री महासंघका अनुसार प्रतिक्रेट अण्डाको लागत मूल्य ४२० रुपैयाँ हाराहारी पर्छ। तर, ३७० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता छ।
बजेट तर्जुमादेखि संसद्मा संशोधनसम्मको कार्यतालिकालाई व्यवस्थित गर्नेगरी नयाँ प्रस्ताव तयार पारिएको अध्ययन समिति संयोजक रामकुमार फुयाँलले जानकारी दिए।