AnonymousUser

Logout

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

नेप्से परिसूचक १५.६२ अंकले घट्यो, कारोबार २ अर्ब ८९ करोडमा सीमित

सोमबार नेप्से परिसूचक १५.६२ अंकले घट्दै १९५८.७५ को विन्दुमा सीमित भएको छ।

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

करदाता सेवा कार्यालयहरूबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ।

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

बाराका किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब बराबरको कूल १० हजार ३५ मेट्रिकटन दलहन उत्पादन गरेका छन्।

सर्वोच्चको निर्णयले होटेल तथा पर्यटन श्रमिक मारमा, आन्दोलन गर्ने चेतावनी

होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क (सर्भिस चार्ज)को अन्त्यसँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन्।

कसरी बिथोलियो शहरलाई पोषण र गाउँलाई पैसा दिने दूध उत्पादनको अर्थचक्र?

गत वर्ष दूधको आयात आवश्यकताभन्दा बढी भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। अचानक बढेको आयातित दूधसँग प्रतिस्पर्धा गर्न नसकेपछि घरेलु उत्पादन गोदाममा थन्किने अवस्था आएको हो।

दोहोरो अंकले घटेर १९७४.३७ को विन्दुमा नेप्से परिसूचक

आइतबार ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

गोरखाको खोर्लाबेँसीमा ट्राउट माछा, माग धान्न मुस्किल

मनासलु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अर्ग्यानिक माछा फार्ममा वार्षिक २० क्विन्टल ट्राउट माछा उत्पादन हुने गरेको छ। तर त्यसले स्थानीय बजारको माग धान्न सकेको छैन।

बागलुङमा वार्षिक १८ करोडको सुन्तला उत्पादन, सबै पालिकामा खेती बिस्तार

बागलुङमा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुन्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेक बढी सुन्तला उत्पादन हुने गाउँ हुन्।

सय दरका नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

सरकारले सय दरका नोटमा राखिएको पुरानो नक्सालाई परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राख्न सहमति दिएको छ।

तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाली बजारमा सुन बिहीबारको तुलनामा एक हजार १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

पानी नपरेपछि बाराका किसानले पाएनन् चैतेधान रोप्न

बाराको दक्षिणी क्षेत्रका किसानले खडेरीका कारण रोपाइँ गर्न सकेका छैनन्। जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै चैतेधान रोपाइँ भएको छ। 

अप्रिलमा १ लाख ११ हजार पर्यटकले गरे नेपालको भ्रमण

नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्दै १९९८.९६ को विन्दुमा सीमित भएको छ।

रामेछापको कोशेली बन्यो जुनारको जुस: दिनमा ३ लाख ५० हजारको बिक्री          

स्थानीयस्तरमा उत्पादित जुनार, अमला कागती, किबी, बेलजस्ता वस्तुको जुस बनाएर यहाँका किसान लाभान्वित भएका छन्। जुनारको जुस प्रतिलिटर १५० र किबीको प्रतिलिटर २०० रुपैयाँमा बिक्री हुने गरेको छ।

तोलामा २ हजार ७०० रुपैयाँ घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा झरेको छ। मंगलबार एक लाख ३७ हजार २०० रुपैयाँ थियो। 

प्रतिलिटर २ रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

 नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ

लगानी सम्मेलनमा उठान भएका विषय तत्काल कार्यान्वयनमा लगिने

सरकारले तेस्रो लगानी सम्मेलनमा उठान भएका विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ।

यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशतमा सीमित रहने

तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यको आधा हाराहारी मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ८० करोडको कारोबार

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा पुगेको छ।