AnonymousUser

Logout

बागलुङमा फल्यो २० करोडको सुन्तला

बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको किसान शिवकुमार खड्का बताउँछन्। बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन्।

उद्योगमा काटिएको विद्युत् जडान गर्ने प्राधिकरणको निर्णय

शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको उद्योगको लाइन जडान गर्ने निर्णय गरेको छ।

व्यावसायिक मौरीपालनमा रोङका किसान, ‘हनी बैंक’ स्थापनाको तयारी

इलामको रोङ गाउँपालिकाका करिब ९०० किसान मौरीपालनमा आबद्ध छन्। ‘हनी बैंक’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा स्थानीयको आकर्षण बढेको पालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए।

भुक्तानी सन्तुलन २ खर्ब १० अर्ब बचतमा

चालु आर्थिक वर्षमा अर्थतन्त्रका बाह्य सूचकहरूको अवस्था बलियो देखिएको छ।

नेप्सेमा झिनो अंकको गिरावट, ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो

बिहीबार ६ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

‘कन्सल्टेन्सी’को धन्दा: वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी

शैक्षिक परामर्शका लागि खुलेका कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाउने नाममा करोडौँ रुपैयाँ ठगी गरिरहँदा कारबाही गर्नुपर्ने नियामक निकाय आफैँ कानूनी अलमलमा छन्।

विद्युतीय सवारीको आयात बढ्दो, राजस्व खुम्चिएको भन्दै अर्थ मन्त्रालय दबाबमा

लक्ष्य अनुसारको राजस्व नउठ्दा सरकारी आय र खर्चको खाडल बढ्दै गएको देखिएको छ। अर्थ मन्त्रालय र भन्सारका अधिकारीहरू राजस्व घट्नुमा विद्युतीय सवारी आयातलाई मुख्य कारक मानिरहेका छन्। 

सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो।

विदेशी लगानीकर्तालाई अर्थमन्त्री महतले दिए निम्तो

भारतको गुजरातमा आयोजित 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट'मा बोल्दै उनले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधिका क्षेत्रमा लगानीको ठूलो अवसर रहेको बताएका छन्।

शेयर बजारमा लगातार सुधार, नेप्से परिसूचक ९.५० अंकले बढ्यो 

बुधबार ०.४५ प्रतिशतले बढेर नेप्से २ हजार ८९.६२ को विन्दुमा पुगेको छ।

खोटाङबाट ३६ करोडभन्दा बढीको सुन्तला बिक्री

खोटाङमा यस वर्ष ८१० हेक्टरमा लगाइएको बगानबाट तीन हजार १३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

नेपाली कागजको माग बढ्यो, उत्पादन भने घट्दो

कच्चा पदार्थ तथा कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमिततालगायत कारण मागअनुसार नेपाली हाते कागजको उत्पादन घट्दो क्रममा छ।

प्रतिमन ५४ हजार पुग्यो चिराइतोको मूल्य

मूल्य बढेसँगै व्यवसायी चिराइतो संकलन गर्न गाउँ–गाउँमा पुग्न थालेका छन्। पहिले जस्तो आफैँले बजार खोज्नुपर्ने बाध्यता किसानलाई छैन।

१६औँ योजना : ५ वर्षमा शतप्रतिशत साक्षरता, शिक्षामा बजेटको १७ प्रतिशत लगानी

उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर आव २०८५/८६ सम्म ३० प्रतिशत पुर्‍याउने १६औँ योजनाको मस्यौदामा उल्लेख छ।

उद्योगमा तत्काल बिजुली जोडिने, छानबिन गर्न उच्चस्तरीय आयोग गठन

मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा कटिएको विद्युत् लाइन तत्काल जोड्ने र महसुल विवादबारे थप छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको छ।

२०.६२ अंकले बढेको नेप्सेमा ८ कम्पनीको शेयर मूल्यमा सर्किट

मंगलबार आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ।

म्याग्दीको सिंगा ठूलोखोलामा सामूहिक आलुखेती

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष ८०० रोपनीभन्दा बढी जमिनमा खेती गरिएको छ।

नेप्सेमा ३६.५७ अंकको सुधार, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

सोमबार चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

लगानीको वातावरण सहज बनाउन ५ वटा कानून खारेज र ३ नयाँ बनाउन परिसंघको सुझाव

उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज बनाइ अर्थतन्त्र चलायमान बनाउन सरकारले पाँच वटा कानून खारेज गर्नुपर्ने र तीन वटा नयाँ कानून ल्याउनुपर्ने सुझाव दिएको छ।

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

राखुगाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाख रुपैयाँसम्मको सुन्तला उत्पादन गरेका छन्।