गत वर्ष १७१ स्थानीय तहले ऐन मिचेर स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी सरकारी ढुकुटीबाट नौ करोड १५ लाख रुपैयाँ खर्चिएका छन्।
प्रतिवेदनअनुसार संघ, प्रदेश, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। अद्यावधिक बेरुजु गत वर्षभन्दा १४.०५ प्रतिशतले बढेको छ।
उच्च नोक्सान भएका ५ सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग र नेपाल टेलिभिजन छन्।
आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको छ।
अर्थमन्त्री पुनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान रहेको बताए।
विभिन्न जिल्लाबाट आएका लघुवित्त ऋणीहरूको आन्दोलनपछि सरकारले चैत २ गते लघुवित्त समस्या समाधान कार्यदल गठन गरेर अध्ययनका लागि ६० दिनको समय दिएको थियो। गठनको ६० दिन पूरा भइसक्दा के गर्दैछ कार्यदल?
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ। जीडीपी अनुपातमा बाह्य ऋणको दायित्व २१.२६ प्रतिशत बराबर हो।
स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पुर्याउन मद्दत गर्ने पालिकाको योजना छ। जसका लागि पालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ।
गर्मीको समयमा अण्डा उत्पादनमा २० देखि २५ प्रतिशत ह्रास आउने गर्छ। यस वर्ष भने गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ।
वि.स २०४९ सालमा स्थापित, झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योग विगत ४ वर्षदेखि बन्द अवस्थामा रहेको छ।
नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनाले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन्।
एक करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर पाँच अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ।
जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ।
गत वर्ष चाडपर्वका लागि सरकारले जीटुजी सम्झौतामार्फत भारतबाट ल्याउने भनिएको चिनी आउँदै नआउँदा बजारमा अभाव भयो। यो वर्ष पनि चाडबाडमा चिनीको संकट हुन नदिन कुनै तयारी गरिएको छैन।
सोमबार प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ४० हजार ६०० निर्धारण गरिएको छ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ।
सोमबार एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ।