AnonymousUser

Logout

सकियो लगानी सम्मेलन, एक दर्जन समझदारीपत्रमा हस्ताक्षर

सम्मेलनका क्रममा ऊर्जा, सूचना प्रविधि, पूर्वाधार लगायतका क्षेत्रमा महत्त्वपूर्ण छलफल भएको र एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएको लगानी बोर्डले जनाएको छ।

स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्ने प्रणाली कार्यान्वयनमा

सूचना प्रविधिमा आधारित उद्योगका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा नतोकिएको उद्योग विभागले जनाएको छ।

रारामा भित्रियो अस्ट्रेलियन लगानी

काम शुरू भएको डेढ वर्षभित्र रिसोर्टको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रारा होल्डिङ्स जनाएको छ।

चेम्बर अफ कमर्स र क्रोएसियाको निजी क्षेत्रबीच व्यावसायिक सहकार्यको समझदारी

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।

नेप्से परिसूचकमा क्रमिक सुधार, कारोबार रकम पनि बढ्यो 

सोमबार ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सार्वजनिक निजी साझेदारी प्रवर्द्धनका लागि ‘वाप’ र ‘नाप’बीच समझदारी

काठमाडाैँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि दुई संस्थाबीच समझदारी भएको हो।

नेप्से परिसूचक १४.३३ अंकले बढ्यो, कारोबार रकममा सामान्य सुधार

धितोपत्र बजारमा आइतबार ६८ लाख ७८ हजार १६९ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

डाटा सेन्टर निर्माणसहित २ लगानी सम्झौतामा हस्ताक्षर

काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा दुई वटा लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

तेस्रो लगानी सम्मेलन शुरू, १ हजार ६०० लगानीकर्ता सहभागी 

लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन्।

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ

स्थानीयले निकुञ्जबाट वन्यजन्तु बस्तीमा पस्ने स्थानका खेतमा माछापोखरी बनाएपछि वन्यजन्तु निकुञ्ज बाहिर आउन पनि कम भएको छ। साथै पाहुनाका लागि माछापोखरीमा पालेका माछा खपत हुँदा आम्दानीमा थप वृद्धि भएको छ।

बचतकर्तालाई महँगोमा जग्गा ‘भिडाएर’ कमाउने धन्दामा सहकारी सञ्चालकहरू

केही सहकारीका सञ्चालकले बिचौलिया समेतको मिलेमतोमा बचतकर्तालाई महँगोमा जग्गा किन्न बाध्य पारेर त्यसबाट उल्टै असुल्ने धन्दा चलाइरहेको पाइएको छ। यसरी भइरहेको ठगीबारे नियामकीय निकायहरू बेखबर भने छैनन्।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबर कारोबार भएको छ।

खासै घटबढ भएन शेयरबजार

बुधबार शेयर बजार परिसूचक नेप्सेमा ०.१५ अंकको सामान्य बढोत्तरी भएर १९६९.१७ विन्दुमा पुगेको छ। 

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्थाको प्रतिनिधि मण्डलले अर्थमन्त्री पुनसँग शिष्टाचार भेट गरेको हो।

धार्मिक पर्यटकीय गन्तव्य बन्यो नवलपुरको देवचुली डाँडा

एक हजार ९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ हिमशृंखला, दक्षिणतर्फ सम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ। 

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने परियोजनाको सूची स्वीकृत गरेको छ।

सञ्चालनमा आउँदै नेपालगन्ज नाकामा निर्मित एकीकृत जाँचचौकी

भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले केही दिनभित्रै भन्सार कार्यालयले आईसीपी स्थलबाट काम शुरू गर्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा रहेको छापावाला सुन मंगलबार एक लाख ३५ हजार ५०० रुपैयाँमा झरेको छ।

माथिल्लो अरुण र दूधकोशी आयोजनाको सुरुङ टीबीएमले खन्ने प्राधिकरणको तयारी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका २ आयोजनाको सुरुङ टीबीएममार्फत खन्दा समय बचत र काम गुणस्तरीय देखिएकाले ठूला सुरुङ भएका २ जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउने तयारी गरिएको बताए।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार ५६ लाख ५६ हजार २८२ कित्ता शेयर दुई अर्ब ५ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको छ।