सुन्तलाको फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको छ। बाँकी बोटमा पनि यस वर्ष अन्य समयको जस्तो सुन्तला नफलेको किसान बताउँछन्।
नेपाल राष्ट्र बैंकले आठवर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।
जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको छ। पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प छ।
बिहीबार नेप्से परिसूचक १३.५१ अंकले उकालो लागेर २०३०.५५ को विन्दुमा पुगेको छ।
सोमबार सकारात्मक सर्किट र मंगलबार उच्च अंकको गिरावटपछि आज बजार सम्हालिएको हो।
फुङ्लिङ–१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ बस्तीमाथिको साम्लिङ खर्कमा उक्लेको छ। अब वैशाखे हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आधार शिविरसम्म पुग्नेछन्।
मंगलबार पनि उच्च मूल्यमा करोबार भएर रेकर्ड बनाएको सुन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख २३ हजार ५०० रुपैयाँ पुगेको छ।
सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेप्से परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २१ हजारमा कारोबार भएको सुन दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।
सडक डिभिजन कार्यालय हेटौँडाले अर्थ मन्त्रालयसँग हेटौँडा बजारको सडक बिस्तार, खानेपानी पाइप, विद्युत् पोल र ढल व्यवस्थापन तथा ग्राभेलका लागि १२ करोड बजेट माग गरेको छ।
सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ।
राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा सकारात्मक सर्किट लागेको छ।
२०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रूपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा पुगेको विद्युत् विधेयक–२०८० मा राखिएको जलाशययुक्त आयोजनाको पानी बाँडफाँट र ठूला आयोजना बिनाप्रतिस्पर्धा विदेशीलाई दिने प्रावधानमा विज्ञले समेत प्रश्न उठाएका छन्।
राजनीतिक रूपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ थियो।
आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा कायम भएको छ।
टिम्स कार्ड कार्यान्वयनमा आए पनि थुप्रै पर्यटक गाइडबिना पदयात्रामा निस्किँदा हराउने तथा ज्यान गुमाउने गरेको पाइएको छ।
विश्व बैंकले नेपालका दुई परियोजनाका लागि करिब २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ।
बिहीबार कुल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँको कारोबार भएको छ।
दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट दुई अर्ब बक्यौता असुल गर्न बाँकी छ। उक्त रकम १२ वर्षदेखिको रहेको महानगरले जनाएको छ।