AnonymousUser

Logout

पेट्रोल-डिजेलको मूल्य घट्यो

आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ।

लघुवित्त क्षेत्रका समस्याबारे अध्ययन गर्न अर्थले बनायो ७ सदस्यीय कार्यदल

कार्यदललाई लघुवित्तविरुद्ध आन्दोलनरत पक्षका मागबारे स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम शुरू गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

सरकार र लघुवित्तविरुद्ध आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रमहरू स्थगन हुने भएका छन्।

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर एक लाख २५ हजार ४०० कायम भएको छ।

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, शुक्रबार पुन: बस्ने

पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवैपक्ष सहमति नजिक पुगेका छन्।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब ९४ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा कायम भएको छ।

प्रतितोला १ लाख २५ हजार ८०० पुग्यो सुनको मूल्य 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।

अर्थ मन्त्रालयले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो 

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि मन्त्रालयमा बोलाएको हो।

अर्थतन्त्रसँग सम्बन्धित विषयमा सहकार्य गर्न सेजन र त्रिवीको अर्थशास्त्र विभागबीच सम्झाैता

बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्य सँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने सम्झौतापत्रमा उल्लेख छ।

शेयर बजारमा २.४८ अंकको सामान्य गिरावट, चार अर्ब २४ करोडको कारोबार

बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा कायम भएको छ।

घट्यो सुनचाँदीको मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।

शेयर बजारमा उच्च अंकको वृद्धि, नेप्सेले नाघ्यो २१ सयको विन्दु

पाँच वटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कफीखेतीमा इलामका किसान: भन्छन्– बजार र मूल्यको समस्या छैन

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका ३५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्।

इजरायलबाट १० हजार कामदारको मागः श्रम मन्त्रालय पठाउन इच्छुक तर लागेन टुंगो

इजरायलले नेपालबाट तीन महिनाभित्र १० हजार कामदार लैजाने प्रस्ताव गरेको छ। श्रम मन्त्रालयले कामदार पठाउने कार्यविधि बनाएर परराष्ट्र मन्त्रालय पठाइसकेको छ। तर कहिलेबाट कामदार जान पाउँछन् भन्ने यकिन छैन।

मेला महोत्सवमा कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकता

मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने गरेको छ।

असम्बन्धित व्यक्तिको नेतृत्वमा सहकारी पीडितको संस्था, आन्दोलनका नाममा उल्टै असुली

सहकारीमा बचत रकम फिर्ता नपाएपछि विभागमा धर्ना बस्न पुगेकालाई पहिला फाराम भराएर २०० रुपैयाँ तिराइ बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको सदस्य बनाइन्छ। पीडितबाट यसरी अहिलेसम्म १० लाख रुपैयाँ उठाइसकिएको छ।

दोहोरो अंक बढेको शेयर बजारमा २ अर्ब ९२ करोडको कारोबार

विन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

चालु खाता १६१ अर्बले बचतमा, विदेशी मुद्रा सञ्चिति १८४४ अर्ब पुग्यो

राष्ट्र बैंकका अनुसार माघमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ।

वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनको पहिलो सर्किट निर्माण पूरा

तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो।

सुनको मूल्यमा दिनहुँ रेकर्ड, आइतबार तोलामा १ हजार बढ्यो

शुक्रबार प्रतितोला एक लाख २५ हजार रुपैयाँ रहेको सुन आइतबार एक लाख २६ हजार रुपैयाँ तोकिएको छ। यो हालसम्मकै उच्च मूल्य हो।