AnonymousUser

Logout

कर्णालीमा ३११ सहकारी, पुँजी १५ अर्ब

सहकारीको शेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख छ। सहकारीबाट एक हजार ५०० जनशक्तिले रोजगारी प्राप्त गरेका छन्।

नवलपरासी पूर्वमा ९३ प्रतिशत धान रोपाइँ

जिल्लाको १८ हजार ७१६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार ४०५ हेक्टरमा रोपाइँ सकिएको छ।

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५.२९ अंकले घटेर २७५५.६२ मा सीमित भएको छ। 

संस्थापक शेयरको ‘लक–इन’ अवधि बढाउने तयारीमा धितोपत्र बोर्ड

नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीका संस्थापक ‘लक–इन’ खुलेलगत्तै शेयर बेचेर बाहिरिन्छन्। मेन्छियाम हाइड्रोपावरका अध्यक्षसमेत रहेका उर्जामन्त्री दीपक खड्काले त लक–इन अवधि छँदै त्यस्तो प्रयास गरेका थिए।

तोलामा १ लाख ४९ हजार ४०० पुग्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ४९ हजार ४०० निर्धारण भएको छ। 

एमसीसी परियोजना अन्तर्गत तीन वटै सबस्टेसन निर्माणको ठेक्का लाग्यो

दमौली सबस्टेसन निर्माणको सम्झाैता भएसँगै तीन वटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

६४ अंकले बढ्यो शेयर बजार, झन्डै २२ अर्बको कारोबार

यो कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर खरिदबिक्री भएको थियो।

प्युठानका किसानलाई चैतेधान भित्र्याउने चटारो

प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये ६ हजार ५७५ हेक्टरमा धानखेती हुँदै आएको छ। गत वर्ष जिल्लामा २१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको थियो।

मनसुनयता औसतभन्दा बढी वर्षा, देशभर धान रोपाइँ बढ्यो

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको छ।

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल 

'वीरगन्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता चार करोड हाराहारीमा छ।'

उपभोक्ता ईभीतिर : २ वर्षमा साढे ६ गुणाले बढ्यो आयात

ईभीको सञ्चालन खर्च पेट्रोल र डिजेल गाडीको तुलनामा न्यून छ। इन्धनको पैसा जोगिने र सरकारले पनि ईभी प्रयोगलाई प्रवर्द्धनको नीति लिइरहेको कारण पछिल्लो समय ईभीको बजार लगातार बढिरहेको व्यवसायीहरू बताउँछन्।

शेयर बजारमा १९ अर्ब ६० करोडको कारोबार

सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा कायम भएको छ।

मौद्रिक नीतिको प्रभाव: नेप्से परिसूचक ११३ अंकले बढ्यो

नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा कायम भएको छ भने १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

‘स्काइ वाक टावर’ सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही

गर्मीमा तराईका पर्यटकको रोजाइ भेडेटार हुने गरेको छ। चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ।

कर्जा बढाउन खुकुलो मौद्रिक नीति, गभर्नर भन्छन्– सजग छौँ

व्यवसायीको दबाब र सरकारको हस्तक्षेपबीच राष्ट्र बैंकले व्याजदर थप घटाएर कर्जा बढाउन सघाउ पुग्ने किसिमका व्यवस्थासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ।

मौद्रिक नीति: वैदेशिक रोजगारमा जानेलाई बिनाधितो कर्जा

युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याउन सहजीकरण गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ।

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम २० करोडको सीमा खारेज गर्ने मौद्रिक नीतिमा उल्लेख छ।

मौद्रिक नीति सार्वजनिक: बैंकदर र निक्षेप संकलनदर घटाइयो

ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको छ

महाकाली सिँचाइ आयोजनाको काम १८ वर्षमा २२ प्रतिशत

कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण काम सुस्त छ।

३२ अंकले बढ्यो नेप्से परिसूचक, १४ अर्बको कारोबार

नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ।