AnonymousUser

Logout

शेयरबजारमा दोहोरो अंकको गिरावट

पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर बढीरहेको शेयरबजार आज २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा झरेको छ।

७५ अंकले बढेर २५६३ को विन्दुमा पुग्यो नेप्से परिसूचक

मंगलबार १४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सहकारीको रकम अपचलन छानबिन समिति: २ महिनापछि आरोपीसँग सोधपुछ गर्ने तयारी

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन भएको दुई महिनापछि बल्ल सहकारी सञ्चालकसहितका आरोपीहरूलाई छलफलमा बोलाउने तयारी गरिएको छ। समितिको समयसीमा तीन महिना छ।

नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड बराबरको वस्तु आयात र १ खर्ब ५२ अर्ब ३८ करोडको निर्यात भएको छ।

कैलालीको भजनीमा डुबानले चैतेधानमा क्षति, बजार पनि अभाव

भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ। यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन्।

कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वी नाकाबाट ८५ करोडको आयात

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी तथा खाद्यबाली बजारमा बिक्री नभएको किसानको गुनासो छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ को विन्दुमा कायम भएको छ।

‘स्थानीय तहमा समस्याग्रस्त सहकारी छैनन्’

संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले देशभरका सहकारीहरूको विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएको बताएका छन्।

६१.६१ अंकले बढेको शेयर बजारमा १५ अर्ब माथिको कारोबार

आइतबार नेप्से परिसूचक २.५४ प्रतिशतले बढेर २४८५.९४ को विन्दुमा कायम भएको छ।

२४ खर्ब ३४ अर्ब नाघ्यो सरकारी ऋण, वर्षमै थपियो १ खर्ब ३४ अर्ब 

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड पुगेको छ।

एक दशकपछि कार्यान्वयनमा आएको ‘स्टार्टअप’ : कृषि तथा पशुपन्छीसम्बन्धी योजना सर्वाधिक

सरकारी नीतिमा समेटिएको एक दशकपछि छानिएका उद्यमहरूलाई वाणिज्य बैंकमार्फत सरकारले ३ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराएको छ। परियोजना नै धितो भएकाले थप धितो राख्नुपर्ने बाध्यता यसमा छैन। 

कञ्चनपुरको सोभातालमा डुंगा सञ्चालन, पर्यटन प्रवर्द्धन हुने अपेक्षा 

पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुंगा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल बनाएको छ।

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार एक लाख ४७ हजार ५०० निर्धारण भएको छ।

खोटाङमा १६८ मेट्रिक टन लिची उत्पादन, बजारीकरणमा किसानको जोड

खोटाङमा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गर्ने गरिएको छ। यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

शिथिल अर्थतन्त्र माथि उकास्ने खालको मौद्रिक नीति ल्याउन सरोकारवालाको सुझाव

अर्थतन्त्रमा देखिएको शिथिलता हटाएर बजेटमा उल्लेख आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सघाउ पुग्ने खालको मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाएका छन्।

५९.६८ अंकले बढ्यो नेप्से, १५ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले उकालो लागेर २४२४.३२ को विन्दुमा पुगेको छ।

१ लाख बजेट खर्च गर्ने कार्यालय सञ्चालनका लागि ४० लाख विनियोजन!

संघीय सरकारले सुर्खेतमा मेडिकल कलेज बनाउन एक लाख रुपैयाँ छुट्याएको छ। त्यसलाई खर्च गर्ने आयोजना कार्यालयका लागि भने ४० लाख बजेट छ। सरकारले कलेज निर्माण नगर्ने नीति लिएको त्यहाँका कर्मचारीको आरोप छ।

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ।

वायुसेवा निगमद्वारा दुई कोषलाई ४३ करोड भुक्तानी

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो।

ललितपुर महानगरले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

आव २०८०/८१ मा ललितपुर महानगरले लक्ष्यभन्दा १५ करोड बढी अर्थात् दुई अर्ब ५५ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।