कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्यान्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को बिन्दुमा कायम भएको छ।
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुंगा कृषि फार्मले १०० रोपनी जग्गामा फलाइएको आलु ‘बेलढुंगा’ ब्रान्डमा बजार पठाउने तयारी गरिएको छ।
मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ को विन्दुमा कायम भएको छ।
छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ।
नेपालको भ्याटदर विश्वको औसत भ्याटदरभन्दा कम भए पनि आगामी ५ वर्षसम्म एकल दर स्थिर राख्ने, कर छुट अनुसूचीमा रहेका वस्तु र सेवाको पुनरावलोकन गरी छुट हटाई कराधारको विस्तार गर्न समितिले सुझाव दिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ।
प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुंगा, गिट्टी, बालुवालगायतका विभिन्न क्षेत्र लाग्दै आएका करका दर केहीले परिमार्जन गरेका छन् भने कहिले यथावत् राखेका छन्।
आइतबार नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
सरकारले ४९ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वार्षिक लक्ष्यको ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ।
चालु वर्षको तुलनामा करिब एक अर्ब ८३ करोड रुपैयाँले बढाएर बागमती प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँका दरले घटाएको छ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
सुदूरपश्चिम प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।
कर्णालीका आर्थिक मामिला मन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्।
एमसीसीअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ।
मायादेवी शिक्षण पेसा छाडेर व्यावसायिक रूपमा तरकारी खेतीमा लागेकी हुन्। उनले बारीमा बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, इक्वास, प्याजलगायत तरकारी लगाएकी छन्।
अर्थ मन्त्रालयले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्नका लागि ‘हार्मोनाइज्ड’ (एचएस) कोड कार्यान्वयनमा ल्याएको छ।
छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो।