AnonymousUser

Logout

सर्लाहीमा बढ्दै ड्रागन फ्रुटको व्यावसायिक खेती

लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानका किसानले हाल ड्रागन फ्रुटको खेती गरिरहेका छन्। उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुन्छ। बाँकी नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरिएको छ।

विद्युत् प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब नाघ्यो

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसामु प्राप्त उपलब्धिलाई संस्थागत गर्नु, उत्पादित विद्युत्को बजार व्यवस्थापन तथा विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धिजस्ता चुनौती रहेको बताएका छन्।

पर्यटक लोभ्याउँदै बाँकेको नानापुर क्षेत्र

नेपालगन्जबाट करिब आठ किलोमिटरको दूरीमा नानापुर क्षेत्र रहेको छ। सिक्टा सिँचाइ आयोजनाको नहरमा पानी बग्न थालेपछि गर्मीयाममा पनि यहाँ पर्यटक रमाउने गरेका छन्।

ढोरपाटनमा ६ युवाको सामूहिक स्याउखेती

ढोरपाटन नगरपालिका–९ मसगाउँमा ६ युवा मिलेर गत वर्ष स्याउका एक हजार ३०० बिरुवा लगाएका थिए। उक्त बिरुवामध्ये ७५ प्रतिशतले फल दिन थालेका छन्।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, २० अर्बको शेयर कारोबार

बिहीबारको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

म्याग्दीका ग्रामीण भेगमा केन्द्रीय प्रसारण लाइनको बिजुली

मालिका गाउँपालिका–१ निस्कोटका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको छ। 

नेप्से परिसूचकमा १०८ अंकको वृद्धि

मंगलबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको सुधार देखिएको छ।

‘सहकारीका बचतकर्ताले पैसा माग्दा सम्पत्ति शुद्धीकरणमा लिस्ट पठाइदिने धम्की दिएको पाइयो’

समिति सदस्य लेखनाथ दाहाल अहिलेसम्मको अध्ययनका क्रममा सहकारीका सञ्चालकले बचतकर्ताको ठूलो रकम बाहिर लगेको र त्यसलाई फिर्ता ल्याउने पर्याप्त कानूनी आधार नभेटिएको बताउँछन्।

लघुवित्तपीडितका समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश

प्रतिवेदनमा सरकारबाट हुनुपर्ने सम्बोधन, नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघुवित्तीय संस्थाका सदस्यले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ।

नेप्से परिसूचक १४५ अंकले घट्दा पनि २३ अर्बको कारोबार

नेप्से परिसूचक १४५.०५ अंकले ओरालो लागेर २६५१.३२ को विन्दुमा सीमित भएको छ।

तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य 

सुनको मूल्य सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

दूधमा आत्मनिर्भर बन्यो कैलाली

कैलालीमा गाई र भैँसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन्। ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

भारतको लोकसभामा रक्सौल–काठमाडौँ रेलको चर्चाः कहाँ पुग्यो निर्माण योजना?

भारतीय सांसद सञ्जय जैसवालले त्यहाँको संसद्‍मा चर्चा गरेको रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि भारतले ‘फाइनल लोकेसन सर्भे’को मस्यौदा नेपाललाई दिइसकेको छ।

बांग्लादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

बांग्लादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बांग्लादेशबीचको व्यापारमा समेत परेको छ।

नेपालमा भन्दा भारतीय बजारमा सुन सस्तो, सीमावर्ती क्षेत्रको मुद्रा सटहीमा भारु बलियो बन्दै

भारतीय बजारमा सुन सस्तिएपछि नेपालतर्फ तस्करी बढ्ने उच्च जोखिम देखिएको व्यवसायीहरूले बताएका छन्। सीमावर्ती क्षेत्रमा भने यसको असर देखिन थालिसकेको छ।

नेप्से परिसूचक २८ सयको विन्दुनजिक, २१ अर्बको कारोबार

सोमबार आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको डेढ लाख

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने क्रम बढ्दो

कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन्। जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना छ।

अलैँचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको अलैँची विकास केन्द्रका प्रमुख राजन परियारले बताए।

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी घट्यो

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।