नेपालगन्जबाट करिब आठ किलोमिटरको दूरीमा नानापुर क्षेत्र रहेको छ। सिक्टा सिँचाइ आयोजनाको नहरमा पानी बग्न थालेपछि गर्मीयाममा पनि यहाँ पर्यटक रमाउने गरेका छन्।
ढोरपाटन नगरपालिका–९ मसगाउँमा ६ युवा मिलेर गत वर्ष स्याउका एक हजार ३०० बिरुवा लगाएका थिए। उक्त बिरुवामध्ये ७५ प्रतिशतले फल दिन थालेका छन्।
बिहीबारको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
मालिका गाउँपालिका–१ निस्कोटका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको छ।
मंगलबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको सुधार देखिएको छ।
समिति सदस्य लेखनाथ दाहाल अहिलेसम्मको अध्ययनका क्रममा सहकारीका सञ्चालकले बचतकर्ताको ठूलो रकम बाहिर लगेको र त्यसलाई फिर्ता ल्याउने पर्याप्त कानूनी आधार नभेटिएको बताउँछन्।
प्रतिवेदनमा सरकारबाट हुनुपर्ने सम्बोधन, नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघुवित्तीय संस्थाका सदस्यले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ।
नेप्से परिसूचक १४५.०५ अंकले ओरालो लागेर २६५१.३२ को विन्दुमा सीमित भएको छ।
सुनको मूल्य सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।
कैलालीमा गाई र भैँसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन्। ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
भारतीय सांसद सञ्जय जैसवालले त्यहाँको संसद्मा चर्चा गरेको रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि भारतले ‘फाइनल लोकेसन सर्भे’को मस्यौदा नेपाललाई दिइसकेको छ।
बांग्लादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बांग्लादेशबीचको व्यापारमा समेत परेको छ।
भारतीय बजारमा सुन सस्तिएपछि नेपालतर्फ तस्करी बढ्ने उच्च जोखिम देखिएको व्यवसायीहरूले बताएका छन्। सीमावर्ती क्षेत्रमा भने यसको असर देखिन थालिसकेको छ।
सोमबार आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन्। जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना छ।
देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको अलैँची विकास केन्द्रका प्रमुख राजन परियारले बताए।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सहकारीको शेयर पुँजी एक अर्ब ७५ करोड ३८ लाख हुँदा बचत आठ अर्ब १९ करोड ४४ लाख छ। सहकारीबाट एक हजार ५०० जनशक्तिले रोजगारी प्राप्त गरेका छन्।
जिल्लाको १८ हजार ७१६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार ४०५ हेक्टरमा रोपाइँ सकिएको छ।