AnonymousUser

Logout

किवीबाट जाम र वाइन : फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

किवीको बिक्रीबाट किसानले प्रतिकिलो २५० रुपैयाँसम्म पाएका छन् भने सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन्।

अर्धवार्षिक समीक्षाअगावै काठमाडौँ महानगरले थाल्यो बजेट संशोधन प्रक्रिया

काठमाडौँ महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षाअगावै बजेट संशोधन प्रक्रिया शुरू गरेको छ। महानगरमा ५ महिनामा बजेट खर्च भने कुल विनियोजनको १६.१० प्रतिशत मात्र भएको छ।

नेप्से परिसूचक २१ अंकले घट्यो, ५ अर्ब ४७ करोडको कारोबार

आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको छ।

युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुग्छ टोखाको चाकु

काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ। टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन्।

पाँच महिनामा बागमती सरकारको बजेट खर्च १२ प्रतिशत मात्र

प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएका पाँच महिनामा ७ अर्ब ३७ करोड १९ लाख रुपैयाँ मात्रै खर्च भएको छ। चालुको तुलनामा पुँजीगत बजेट कम खर्च भएको छ।

अण्डाको मूल्य हालसम्मकै उच्च

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेको बताए।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहः सुदूरपश्चिमले ३० वर्षदेखि देखेको सपना, दिल्ली जोड्ने छोटो नाका

गड्डाचौकी नाकादेखि उत्तराखण्डस्थित भारतकै ठूलो रूद्रपुर औद्योगिक क्षेत्र ९० किमी र दिल्ली ३२७ किमी दूरीमा छन्। तर नेपालतर्फ पूर्वाधार नबन्दा सुदूरपश्चिमबाट अहिलेसम्म सिधै कारोबार हुन सकेको छैन।

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको छ। 

नेप्से परिसूचकसँगै कारोबार रकममा सामान्य वृद्धि

बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा कायम भएको छ।

संखुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार

संखुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको छ। यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्छ। 

तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको सुन बिहीबार १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ। अब ७० मिटर मात्र खन्न बाँकी छ।

व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला

मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत सुन्तला बिक्री हुने गरेको भए पनि पछिल्ला वर्षमा भने किसानले आफ्नै ढंगले व्यापारीसँग कारोबार गर्ने गरेका छन्।

‘ई–सिगरेट’को तस्करी सञ्जालः चीनबाट चोरीपैठारी, भारततर्फ चोरीनिकासी

भारतले ६ वर्षअघि भेपमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात गर्ने र भारततिर चोरीनिकासी गर्ने धन्दा शुरू भयो। अहिले भने चीनबाट चोरीपैठारी गर्ने र भारत पुर्‍याउने तस्करहरूको त्रिदेशीय सञ्जाल नै खडा भएको छ।

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले गर्‍यो ‘टेक ओभर’

समस्याग्रस्त घोषणापछि उक्त बैंकको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकले आफै लिएको छ।

एकै वडाका १२० परिवार व्यावसायिक कफी खेतीमा

कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन्।

एसएमई प्लाटफर्मः किन दिइँदैछ साना कम्पनीलाई पुँजी विस्तारको अवसर?

साना तथा मझौला आकारका कम्पनीहरूको शेयर किनबेचका लागि एसएमई प्लाटफर्मको व्यवस्था गरिएको छ। यस्ता कम्पनीको शेयर किन्न चाहनेले न्यूनतम १५० कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। के हो त एसएमई प्लाटफर्म?

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य 

मंगलबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको छ।

मंगलबार नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १४ अंकले बढेर २६२६ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब २५ खर्ब रुपैयाँ हाराहारी छ।