AnonymousUser

Logout

‘स्टार्टअप नेसन २०३०’ सम्मेलन सम्पन्न

सन् २०३० सम्म नेपालमा १० हजार स्टार्टअप प्रवर्द्धन गरी एक लाख रोजगारी सिर्जना गर्ने र देशलाई आत्मनिर्भर बनाउनेलगायत विषयमा छलफल गर्दै सम्मेलन सम्पन्न भएको छ।

बजेटमा परेका निजी क्षेत्रसँग सम्बन्धित २५ प्रतिशत योजना मात्रै पूर्ण कार्यान्वयन

नेपाल उद्योग परिसंघले सेजनसँगको सहकार्यमा तयार पारेको प्रतिवेदनले निजी क्षेत्रसँग सम्बन्धित योजनामध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखाएको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

बुधबार दिनभरको उतारचढावका बीच नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ को बिन्दुमा कायम भएको हो।

सुनको मूल्यमा कीर्तिमान: तोलामा १ लाख ५३ हजार पुग्यो

मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रहेको छापावाल सुन ८०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।

ड्रागन फ्रुटखेतीमा इलामका किसानको आकर्षण

ड्रागनफ्रुटको खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ।

काँक्रोखेतीबाट आम्दानी गर्दै इलामका किसान

सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन्। यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउलीलगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुंगे बगैँचा

हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ। 

प्राधिकरणले ८.७२ रुपैयाँका दरले भारतमा थप २५१ मेगावाट विद्युत् बेच्ने

प्राधिकरणले १० आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् विहारलाई र दुई आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीलाई बिक्री गर्ने भएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार १.१४ प्रतिशतले घटेर नेप्से परिसूचक २९६६.३३ को विन्दुमा कायम भएको छ भने २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा, १३ महिनालाई वस्तु तथा सेवा धान्ने विदेशी मुद्रा सञ्चित

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको छ।

तोलामा १ लाख ५२ हजार ६०० पुग्यो सुनको मूल्य

छापावाल सुन शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ थियो। एकैदिन ३ हजार रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनाएको छ।

साउनमा बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर

साउनको कुल संकलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व १७ अर्ब ३३ करोड रुपैयाँ छ।

खोटाङमा पहिरोले धानबालीसहित खेत बगाएपछि किसान चिन्तित

साउन १६ र १७ गतेको वर्षापछि आएको पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका किसानको धानखेत बगाएको थियो।  त्यसयता पनि पहिरो जाने क्रम रोकिएको छैन।

‘लघुवित्त संस्थाका ऋणीहरूलाई खाँदै नखाएको ऋण तिर्न ताकेता’

लघुवित्तहरूले लिँदै नलिएको कर्जा रकमसमेत कतिपय ऋणीहरूको नाममा बक्यौता देखाएको अर्थ मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदनले औँल्याएको छ।

कतारमा १२ वर्ष श्रम, गाउँ फर्किएर डेढ करोड लगानीमा कुखुरापालन 

बागलुङ–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माले एक करोड ५० लाख रुपैयाँ लगानीमा ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका छन्। फार्ममा ६ हजार कुखुरा पाल्न मिल्ने उनको भनाइ छ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको जनाएको छ। 

बंगुरपालनबाट वार्षिक ५ लाख कमाउँछन् भोजपुरका खेसराज

भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौँसम्म बिक्री गर्छन्। खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुन थालेको उनले सुनाए।

राहदानी बनाउन पोर्चुगलमा संचालित घुम्ती शिविरबाट ७ करोड राजस्व संकलन

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा राहदानीसम्बन्धी घुम्ती शिविर संचालन गरेको थियो।

सामान्य अंकको करेक्सनपछि ३४ अंकले बढ्यो नेप्से

बुधबार नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २ हजार ९५७.७५ को विन्दुमा कायम भएको छ।

कालीकोटका किसान प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै

जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका छन्।