AnonymousUser

Logout

घट्यो वीरगन्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात

इन्धनबाट चल्ने जिप, कार र भ्यानको मात्रै नभएर वीरगन्ज नाका हुँदै भित्रिने चारपाङ्ग्रे विद्युतीय सवारीसाधनको संख्या पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ।

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

सप्तरीको सुरुंगा नगरपालिका–५ स्थित कुशाहाका विपन्न दलित परिवारको जीवतस्तर तरकारीखेतीबाट उकासिएको छ। उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन्।

विद्युत् वितरण प्रणाली सुधार्न जुट्यो ७२ अर्ब ९३ करोड लगानी

देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन, छिमेकी देशसँग विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार गर्न प्राधिकरणलाई ७२ अर्ब लगानी जुटेको छ।

नेप्से परिसूचक २८.९१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १.११ प्रतिशतले बढेर २६१२‍ को विन्दुमा उक्लिएको छ।

व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

कम क्षेत्रफलमा थोरै लगानीले पंगास जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढिरहेको छ।

नेपाललाई २ खर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिबद्धता 

पुस पहिलो सातासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

८ महिनामा ६ खर्बको वस्तु आयत हुँदा ६३ अर्बको निर्यात

मंसिर मसान्तसम्ममा कुल सात खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा नेपालले पाँच खर्ब ८७ अर्ब रुपैयाँ घाटा बेहोरेको छ।

अर्थ समितिबाट सुरक्षित कारोबार विधेयक संशोधनसहित पारित

अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमतिप्राप्त खनिजपदार्थ, बौद्धिक सम्पत्ति तथा व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को बिन्दुमा सीमित भएको छ भने चार अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार? 

शुक्रबार तोलामा १ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छापावाला सुन आइतबार १ लाख ४९ हजार ६०० रुपैयाँमा रहेको छ।

पाँच महिनामा १३ अर्ब ४ करोडको विद्युत् निर्यात

साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो। मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ।

इलाममा एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

अलैँची प्रतिमन १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अलैँची खरिद गर्न व्यवसायी गाउँमै पुग्ने गरेका छन्।

हेटौँडा उपमहानगरले बढायो करिब २० करोड बजेट

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी वृद्धि गरिएको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए। 

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना निगमको छ। त्यसपछि क्रमशः पाइप लाइनबाट पेट्रोल र मट्टितेल अमलेखगन्ज आउने छ।

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन्।

रसुवागढी नाकामा बढ्यो चाप, २०० कन्टेनर भन्सार प्रक्रियामा

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म सानाठूला गरी तीन हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ। यस नाकाबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ।

हेटौँडा सिमेन्ट उद्योगले आगामी सातादेखि उत्पादन थाल्ने

उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन शुरू गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए।

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

पुस २ गते तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ।

नेप्से परिसूचक ३१ अंकले घटेर २५९६ को विन्दुमा सीमित

बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा सीमित भएको छ भने चार अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तोलामा १ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।