मंगलबार सामान्य बढेको नेप्से बुधबार भने ३.२० प्रतिशतले घटेर २,७३९.४६ को विन्दुमा कायम भएको हो।
राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको हो। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षको करिब १०० धार्नी ऊन पनि बिक्री भएको छैन।
मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.२० को विन्दुमा कायम भएको छ।
रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने उल्लेख छ।
सोमबार नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ को विन्दुमा कायम भएको छ भने १३ अर्ब रुपैयाँ कारोबारको शेयर कारोबार भएको छ।
स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ।
यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रूपमा लगानी गर्नेछ।
पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ।
आइतबार नेप्से परिसूचक ५३.६३ अंकले ओरालो लागेर २६९५.९३ को विन्दुमा सीमित भएको छ।
पछिल्लो एक महिनामा चिनीको भाउ प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले नै अघिल्लो महिनाभन्दा प्रतिकिलो ७ रुपैयाँ भाउ बढाएको छ। चिनी उत्पादकहरू भने माग बढ्दा मूल्य बढेको दाबी गर्छन्।
खाँदबारी–२ चेवाबेसीमा १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ।
झरना भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा छ। सडकको सहज पहुँच भएसँगै पर्यटकको आवागमन बढेको छ।
केन्द्रीय बैंकका अनुसार प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमतीमा ५९.७ प्रतिशत छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा एक प्रतिशतभन्दा कम छ।
काठमाडौँ उपत्यकाभित्र छोटो दूरीमा मात्र नभई आसपासका जिल्लासम्म जाने मध्यम दूरीमा पनि ईभीको प्रयोग बढिरहेको छ। भन्सार विभागको तथ्यांकले समेत यस्ता विद्युतीय माइक्रोबसको आयात बढेको देखाउँछ।
कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख रुपैयाँ लागतमा तीन वर्षअघि ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। रेखदेख एवं सञ्चालन गर्ने निकायको अभावमा टावर बेवारिसे बनेको छ।
बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २८४९.५७ को विन्दुमा कायम भएको छ।
२२० केभी सिंगल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो। तर, बाह्रबिसे–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न सकिरहेको थिएन।
नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनाएको छ।
कोशी प्रदेशमा ६ हजार ९०९ हेक्टर जमिनमा जुटखेती गरिन्छ। अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी हुने गरेको छ।