बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन्। सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन्।
तीन वर्षअघि नेपालमा २९ लाखभन्दा केही बढी राँगाभैँसी थिए, जबकि चीनले चाहे अनुसार निर्यात गर्दा वार्षिक १८ लाख राँगा चाहिन्छ। किसानलाई राँगाभैँसी पालनमा प्रेरित गर्न के छ सरकारको योजना?
स्टारलिंकले इन्टरनेट प्रयोगकर्तालाई उपलब्ध गराउने उपकरण डिस एन्टेनामार्फत स्याटेलाइटसँग जोडिन्छ। त्यसैले नेपालमा छुट्टै पूर्वाधार बनाउँदैन। दुर्गममा उपयोगी मानिएको यो इन्टरनेट महँगो तर उच्च गतिको छ।
अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। तर अलैँचीको मूल्य प्रतिकिलो २ हजार ८०० भन्दा बढी छ।
सोमबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अंकको सुधार देखिएको छ।
अर्थ समितिको आजको बैठकमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ माथि परेका संशोधनमाथि छलफल भएको छ।
सोमबार तोलाको १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ५१ हजार ४०० पुगेको छ।
धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ। सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले यो ताल ओझेलमा परेको छ।
मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए। अहिले बोटबाटै प्रतिकिलो ६५ रुपैयाँमा बिक्री हुने गरेको छ।
नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ।
आज परिसूचक ५१.३७ अंकले घटेर २,६३०.९१ को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको गिरावट हो।
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो।
मंसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ। करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारीका पसल छन्। सिद्राका पारखी टाढा–टाढाबाट यहाँ किन्न आउँछन्। गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेको छ।
आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ।
कुनै समय काम खोज्दै विदेश पलायन भएका उनी अहिले आफैँ अरुलाई रोजगारी दिइरहेका छन्।
रेस्टुरेन्ट तथा क्याफेमा ‘नेपाली कफी’ ब्रान्ड लोकप्रिय भइरहेको छ। तर नेपालकै उत्पादनले माग नधान्दा अहिले पनि आयातित कफीमै भर पर्नु पर्ने बाध्यता छ। के पारखीहरूले साँच्चै नेपाली कफी पिउन पाएका छन्?
विदेशी मुद्रा सञ्चितिले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
बिहीबार नेप्से परिसूचक १.१३ प्रतिशत घटेर २६८२.२९ को विन्दुमा सीमित भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ–४ र बन्दीपुर–६ मा ३३/११ केभीका दुई वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।