AnonymousUser

Logout

खाद्य वस्तुमा उच्च मूल्यवृद्धि, २२ खर्ब ७३ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

चालु आर्थिक वर्षमा सरकारले ५.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ५ महिनामा मुद्रास्फीति बढेर ६.०५ प्रतिशत पुगेको छ।

गुल्मीमा २४ करोड ५० लाख रुपैयाँको सुन्तला उत्पादन

सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागत स्थानबाट व्यापारी गुल्मीका बगैँचामा नै पुग्ने गरेका छन्।

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ।

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन्। 

 नेप्से परिसूचक १८ अंकले घट्यो, ७ अर्ब ३० करोडको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा सीमित भएको छ।

बुइपा गाउँका ४ टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध

आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्‍याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीयले आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका छन्। 

बुधबार सामान्य बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

आज नेप्से परिसूचक ६.३८ अंकले बढेर २ हजार ६५३.२३ को विन्दुमा कायम भएको हो।

त्रैमासिक समीक्षा: आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा ३.४ प्रतिशत मात्र हासिल भएको हो।

के हो बागमती प्रदेश र काठमाडौँ महानगरबीचको मनोरञ्जन कर विवाद?

बागमती प्रदेश सरकारले मनोरञ्जन करको दर हेरफेर गर्दा महानगरको आम्दानी घटेको भन्दै काठमाडौँका मेयर बालेन शाह असन्तुष्ट छन्। तर प्रदेशले पाउने ४० प्रतिशत हिस्सा महानगरले नदिएको बागमती सरकारको दाबी छ।

सन् २०२४ मा १० हजार विदेशीले घुमे मनासलु क्षेत्र

सन् २०२३ को तुलनामा गएको वर्ष मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या १ हजार ४२८ जनाले बढी छ। सबैभन्दा धेरै फ्रान्सबाट आएका छन्।

अध्यादेशप्रति असन्तुष्टि जनाउँदै सहकारीपीडितले सार्वजनिक गरे‍ १६ बुँदे सुझावपत्र

सहकारीपीडितले सरकारले समस्या समाधानभन्दा पनि सहकारी ठगीमा संलग्नलाई बचाउने उद्देश्यसाथ सहकारी अध्यादेश ल्याएको आरोप लगाएका छन्।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ५ अर्ब ३८ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ।

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीतिको मस्यौदा तयार

बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ।

सहकारीपीडितको बचत फिर्ताः बजेटकै घोषणा अलपत्र, अध्यादेशमा फेरि त्यही व्यवस्था

सरकारले साना बचतकर्ताको रकम फिर्ताको घोषणा बजेटमै गरेको थियो, अहिले त्यही व्यवस्था राखेर अध्यादेश ल्याएको छ। तर बचत फिर्ताको स्पष्ट आधार नहुँदा पीडितले रकम पाउन कठिन हुने विज्ञहरू बताउँछन्।

वैकल्पिक वित्त परिचालनसम्बन्धी कानून बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

ऋणपत्र, प्रत्याभूति पत्र, स्वपुँजी कोषलगायत विभिन्न वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक वित्त परिचालन गर्न आवश्यक रहेको भन्दै सरकारले विधेयक ल्याउने तयारी गरेको हो।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक १.८९ प्रतिशतले बढेर २६४०.६८ को विन्दुमा पुगेको छ भने ६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रहरीद्वारा २ अर्ब २४ करोडभन्दा बढी राजस्व संकलन

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ४ अर्ब ८६ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को बिन्दुमा कायम भएको छ।

पोखरा विमानस्थल निर्माणः कर छुटमा अख्तियारको अनुसन्धान

ठेक्का सम्झौतापछि निर्माण कम्पनीलाई कर छुटको निर्णय तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए। त्यसका आधारमा परियोजना कार्यान्वयन सम्झौता तत्कालीन प्रधानमन्त्री ओलीको पालामा भएको थियो।

तोलामा १ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।