बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त सडकखण्डमा नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए।
बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ अंकको बिन्दुमा कायम भएको छ।
दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको हेटौँडा सिमेन्ट उद्योग आर्थिक समस्याका कारण थलिएको छ।
कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई पनि महँगोमा आईपीओ निष्कासन गर्न दिएको भन्दै सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि रोकिएको प्रिमियममा आईपीओ निष्कासन अनिश्चित बनेको छ।
आज नेप्से परिसूचक १.८३ अंकले बढेर दुई हजार ५९५.९६ को बिन्दुमा कायम भएको छ।
नेपाली बजारमा छापावाल सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संसद्मा विचाराधीन ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’लाई फिर्ता लिएर सरकारले दोस्रो पटक अध्यादेशमार्फत ‘बजेट क्यालेन्डर’ संशोधन गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
राष्ट्र बैंकको प्रतिवेदनले देशमा सञ्चालित अधिकांश उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित रहेकाले बढी क्षमतामा सञ्चालन हुने वातावरण तयार पार्नुपर्ने औँल्याएको छ।
सोमबार नेप्से परिसूचक १५ अंकले घटेर २५९४ को बिन्दुमा सीमित भएको छ।
अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो।
विद्यमान कानूनमा तहगत सरकारबीच रोयल्टी बाँडफाँटको अनुपात सबै प्राकृतिक स्रोतका लागि समान रहेकोमा अब संशोधन गरेर फरक–फरक बनाउन लागिएको छ।
आइतबार नेप्से परिसूचक २५ अंकले घटेर २६०९ को विन्दुमा सीमित भएको छ।
विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसान हैरान हुनु परिरहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुनको मूल्य २ हजार ७०४ अमेरिकी डलर निर्धारण भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो।
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा सीमित गरेको छ।
स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो।
थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, दशरथ रंगशाला, ब्लु क्रस अस्पताललगायत क्षेत्रमा पनि बिजुली कटौती हुनेछ।