AnonymousUser

Logout

टिकेन पुँजीबजारको उकालो यात्राः नेप्से परिसूचक २६ अंकले घट्यो

पछिल्ला दुई कारोबार दिन उच्च उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार २६.०७ अंकले घटेर २,५९७.४९ को बिन्दुमा कायम भएको हो।

नेपालकोआर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ।

बाढीबाट मधेशमा ५ अर्बभन्दा बढीको क्षति

अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन्। बाला लागेको धान डुब्दा किसान चिन्तित छन्। माछापोखरी पुरिँदा करोडौँको क्षति भएको छ।

विपद्ले आपूर्ति प्रणाली बिथोलिँदा महँगिएको भान्सा

बाढीपहिरोको विपद्ले ढुवानी अवरुद्ध भई आपूर्ति प्रणाली बिग्रिँदा तीन दिन काठमाडौँ उपत्यकामा न्यून मात्रामा तरकारी भित्रियो जसका कारण मूल्य आकासिएको छ।

नेप्से परिसूचक ११४ अंकले बढेर २६२३ को विन्दुमा, साढे ७ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशतले बढेर २६२३ को विन्दुमा पुगेको छ भने सात अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

पाकेर लहलह झुलेको धान बाढीले सखाप, बगर बन्यो खेत

शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।

हवाई उडानमा नयाँ रेकर्ड: सोमबार एकैदिन ५५९ उडान

बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।

आयल निगमले घटायो इन्धनको मूल्य

आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धनको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

शेयर बजारमा ३ महिनायताकै न्यून कारोबार

आइतबार नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० को विन्दुमा सीमित भएको छ।

बाढीले १६ जलविद्युत् आयोजनामा क्षति, माथिल्लो तामाकोशीमा ४ जना बेपत्ता

माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ। आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र कामदार गरी चार जना बेपत्ता छन्।

पहिरोले प्रसारण लाइनमा क्षति भएपछि ताप्लेजुङ र पाँचथर र इलाममा विद्युत् अवरुद्ध

पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढलेपछि विद्युत् अवरुद्ध भएको छ।

उखु र दूध किसानलाई भुक्तानी गर्न २ अर्ब निकासा 

दूध तथा उखु किसानको बक्यौता रकम उपलब्ध गराउन सरकारले दुई अर्ब निकास गरेको छ।

तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

बाजुरामा उत्पादित स्याउ बजार पुर्‍याउनै मुस्किल

बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन्। सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्‍याउन भने मुस्किल छ।

विदेशी मुद्रा सञ्चिति २१ खर्ब पुग्यो

विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

१ महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।

बुकीमा चरेका च्यांग्राको माग उच्च

मुस्ताङबाट गत वर्ष २० करोडभन्दा बढी मूल्य बराबरको सात हजार च्यांग्रा निकासी भएको थियो। यसपालिको दशैँ तिहारका लागि १० देखि ११ हजार च्यांग्रा निकासी हुने अनुमान छ।

तोलामा १ लाख ६० हजार ७०० पुग्यो सुनको मूल्य

बुधबार प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि शेयर जस्तै किनबेच गर्न पाइने

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर’ र इन्भेस्टर पोर्टलमार्फत गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ।

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउने, युवा साझेदारी कार्यक्रमलाई अघि बढाउनेलगायत विषय छन्।