AnonymousUser

Logout

कात्तिक ८ भित्र बक्यौता बुझाउने समय तोकेर विद्युत् प्राधिकरणले सार्वजनिक गर्यो ४९ उद्योगको सूची

ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको तेस्रो दिन विद्युत प्राधिकरणले ४९ उद्योगबाट बक्यौता असुल्न सार्वजनिक सूचना जारी गरेको छ।

दशैँमा नयाँ नोट नछाप्दा राज्यलाई झण्डै डेढ अर्ब फाइदा

गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो। यस वर्ष करिब ४ अर्बमा सीमित भएको छ।

दशैँ बिदाअघिको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से

बुधबार नेप्से परिसूचकमा उतारचढाव आएको थियो। दिनभरमा न्यूनतम २६४४ अंक र अधिकतम २६७२ अंकमा पुगेको थियो। तर कारोबार रकम भने घटेको छ।

फेरिएको किनमेल शैलीः अनलाइन ‘अर्डर’, घरैमा सामान

पैसा बोकेर पसल चहार्दै हिँड्ने कतिपय उपभोक्ता पछिल्लो समय अनलाइनबाट किनमेल गर्न थालेको छ। यसले व्यापारको तौरतरिका नै परिवर्तन आएको छ, जसकारण अपायक र सस्तो भाडा हुने ठाउँमा पनि व्यापार गुल्जार छ।

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ।

नेप्से परिसूचक २७ अंकले घट्यो, साढे चार अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा सीमित भएको छ।

काठमाडौँमा बढ्यो अधिकांश तरकारीको मूल्य 

घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौँला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।

नेप्से परिसूचक ३७ अंकले बढेर २६९० को विन्दुमा, ७ अर्बको कारोबार

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर मूल्य घट्दा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

कुहियो लाखौँको आलु (तस्वीरसहित)

यतिबेला काठमाडाैँको कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीहरू बोराबाट कुहिएको आलु हटाएर सद्दे आलु घाममा सुकाउनमा व्यस्त छन्।

नेप्से परिसूचक ५६ अंकले बढ्यो, ६ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ५६ अंकले बढेर २६५३ को विन्दुमा पुगेको छ भने ६ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

खसीबोकाको बिक्री खुला, सिङमा हरियो रङ लगाएका खरिद गर्न सुझाव

काठमाडौँमा पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका ल्याइएको छ। हरेक वर्ष दशैँमा ४५ हजार खसीबोका ल्याइने गरेको छ।

८ किलो सुनसहित हेटौँडाबाट २ भारतीय नागरिक पक्राउ

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको स्कुटर जाँच गर्ने क्रममा चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ। 

च्यांग्रा व्यापारीको यात्रा: रारादेखि फेवातालसम्म

छिरिङ दशैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्।

२ दिनको वर्षाले ऊर्जामा साढे १६ अर्बको क्षति, माथिल्लो तामाकोशी सञ्चालनमा आउन १ वर्ष लाग्ने

बाढीपहिरोबाट एक्कासि उत्पादन तथा प्रसारण लाइनमा आएको अवरोधका कारण ११ सय मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। क्षतिग्रस्त माथिल्लो तामाकोशी सञ्चालनमा ल्याउनै एक वर्ष लाग्ने प्रारम्भिक अनुमान छ।

बाढीपहिरो पीडितलाई राहत दिन १ अर्ब विनियोजन, बीपीबाहेक सबै राजमार्ग सञ्चालनमा

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका काम सकिएको बताए।

प्राथमिकतामा परेन वित्तीय संघीयता कार्यान्वयन

संविधानमा राखिएको संघीयता कसरी कार्यान्वयन भइरहेको छ भनेर कुनै पनि राजनीतिक दलले चासो नदिने गरेको काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राडा. अच्युत वाग्लेले बताए।

सर्वसाधारणको ४२ अर्ब बचत फिर्ता हुने आधार के?

समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताको ४२ अर्ब रुपैयाँ उठाउने अधिकार पाएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय आफै उल्झनमा फस्दा बचतकर्ताको रकम तत्काल फिर्ता हुने सम्भावना न्यून देखिएको छ।

मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल

चालु आवको साउन र भदौमा सात हजार ५९९ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गत वर्ष सोही समयमा पाँच हजार १७५ जनाले घुमेका थिए।

बांग्लादेशमा बिजुली निर्यात गर्न त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

प्राधिकरणले एनभीभीएनलाई उपलब्ध गराएको बिजुली भारतीय संरचना प्रयोग गरेर बांग्लादेश पुर्‍याउनेछ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।

जुम्लाबाट झन्डै ६ हजार मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो

उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख रुपैयाँ आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।