शुक्लागण्डकी नगरपालिकाका ११ जना महिलाहरूले केराको थम्बाबाट रेसा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउने सीप सिकेका छन्।
तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ। पुस मसान्तसम्म कोशी प्रदेशले २४.८५ प्रतिशत बजेट खर्च गरेको छ। मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो।
दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारालगायत क्षेत्रका किसान आलु रोप्न व्यस्त छन्। यहाँको ४० हजार हेक्टरभन्दा बढी जमिनमा आलुखेती हुने गरेको छ।
प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजनाको संख्या बढाउँदै जाँदा भुक्तानीमा समस्या आएको र आयोजना बढ्न गई समग्र खर्च व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ।
पछिल्लो ६ महिनामा सिमेन्टको मूल्य ४० प्रतिशत बढेपछि हस्तक्षेप गर्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको थियो। तर मूल्य बढाउन ‘कार्टेलिङ’ गरेका उत्पादक फुक्काफाल छन्।
स्रोतमा चाप परेपछि अनिवार्य दायित्वबाहेक चालु खर्चतर्फ विनियोजित रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय पनि सरकारले गरेको छ।
बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको छ।
जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायत ठाउँका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएका थिए। अहिले बोट नै सुक्ने रोग देखिएपछि उनीहरू समस्यामा परेका छन्।
सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलुखोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ। उक्त पानी ६ किलोमिटर टाढा भदौरेस्थित पावर हाउसमा झारिनेछ।
राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध भोजपुरे खुकुरी जनशक्ति र सल्लाका काठ, कोइला, गोल जस्ता कच्चापदार्थको अभावका कारण उत्पादनमा कमी आउन थालेको उद्यमीहरूको गुनासो छ।
‘धेरैजसो भन्सारमा आवश्यक पूर्वाधार छैन। जाँचपास मेसिन नियोजित ढंगले बिगारिएका छन्। कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट, व्यापारीको मिलेमतो छ।’
बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २ हजार ७११.४५ को बिन्दुमा कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ६६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।
मंगलबार नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ।
यस वर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको कृषि विकास निर्देशनले जनाएको छ। दुई वर्षअघि ५० हजार ८५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यो वर्ष बढेर ६६ हजार ५७८ मेट्रिक टन उत्पादन भएको छ।
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको छ।
वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले ६ महिनामा झण्डै ५६ अर्ब ८३ करोड रुपैयाँ बराबर खर्च गरेका छन्।
चार अर्ब हिनामिना गरेर सञ्चालक भरत महर्जन बेलायत भागेपछि गम्भीर संकटमा परेको सुमेरु सहकारीमा पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहको ‘एन्ट्री’ भयो। त्यसको ६ महिनामै यो सहकारी समस्याग्रस्त घोषित भएको छ।
आइतबार नेप्से परिसूचक ६९.८० अंक अर्थात् २.६२ प्रतिशतले बढेर २७२७.५८ को बिन्दुमा कायम भएको छ।