नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख ६० हजार ६०० रुपैयाँ तोकेको छ।
औद्योगिक उत्पादनमध्ये चामल र गहुँको उत्पादन वृद्धि भएको छ भने तोरीको तेल, साबुन, इँटा, चिनी र रोजिनको उत्पादनमा ह्रास आएको छ।
सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ।
संघ सरकारले समपूरक अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजनाका लागि स्थानीय तह र प्रदेशले प्रस्ताव गर्न सक्ने लागतको सीमा घटाएको छ।
बिहीबार नेप्से परिसूचक ११ अंकले घटेर २६५४ को विन्दुमा कायम भएको छ भने सात अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
कुखुरापालन क्षेत्रमा उन्नत प्रविधि भित्रिएकाले यो क्षेत्र आत्मनिर्भर बन्न सकेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा कृषक व्यावसायिक बन्दै कुखुरापालन क्षेत्रमा ठूलो लगानी गरेका छन्।
सिमेन्टको मूल्य बढेको विषयमा लेखा समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघसँग छलफल गरेको थियो।
शेयर बजार परिसूचकांक नेप्से बुधबार दुई प्रतिशतको उच्च भोल्युमका साथ बढेको छ। कारोबार रकमले पनि ९ अर्ब नाघेको छ।
पछिल्ला दुई दिनमा छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ।
नेपालले १२३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ।
मंगलबार नेप्से परिसूचक ५ अंकले बढेर २६१३ को बिन्दुमा कायम भएको छ भने ६ अर्ब १९ करोडको शेयर कारोबार भएको छ।
घडियाल गोही गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही ‘सिटिजन साइन्टिस्ट’ सहभागी रहेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीको भनाइ छ।
मेची भन्सार कार्यालयबाट साउनदेखि पुससम्ममा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।
सोमबार नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ को विन्दुमा कायम भएको छ।
आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ को विन्दुमा उक्लिएको छ।
सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३४ अर्ब ७१ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ।
बिहीबार प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ।
संस्थानले आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको १ करोड दुई लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर महानगरलाई तिरेको छ।
चालु आर्थिक वर्षको पाँच महिनामा भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ छ।
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ल्याइएको रोजगार बचतपत्रबाट आन्तरिक ऋणसमेत व्यवस्थापन गर्ने सरकारको लक्ष्य थियो। निराशाजनक तस्वीरचाहिँ डेढ दशकमा जम्माजम्मी ५ प्रतिशत बचतपत्र बिक्री भएको छ।