AnonymousUser

Logout

काठमाडौँका सपिङ मलः के कारण बन्दैछन् ‘गोस्ट मल’

विकसित शहर र शहरी जीवनका अभिन्न आवश्यकता झैँ मानिने काठमाडौँका ‘सपिङ मल’ पछिल्लो समय किन खालि–खालि हुँदै गए? बजार र अर्थतन्त्र गुल्जार रहेको देखाउने यी मलहरु कसरी ‘गोस्ट मल’ बन्दैछन्?

नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ को विन्दुमा कायम भएको छ।

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडीबुटीस्थित कार्यालय परिसरमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्रान्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ।

तोलामा १ लाख ६० हजार नाघ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ।

नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७० को विन्दुमा, ५ अर्ब ६८ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ५८.९३ अंक अर्थात् २.३३ प्रतिशतले घटेर २४७०.३९ को विन्दुमा सीमित भएको छ। 

सुनको मूल्य हालसम्मकै उच्च

लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै नयाँ कीर्तिमान कायम भएको छ।

सुक्खा बन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व संकलन भएन

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

नेप्से परिसूचक ५९ अंकले घटेर २५२९ को विन्दुमा

सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा सीमित भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जंगलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ।

साना तथा मझौला व्यवसायलाई कर्जा सुनिश्चित गर्न विज्ञहरूको सुझाव

साना र मझौला उद्यमले केन्द्रीय बैंकसँगको सहकार्यमा सबै क्षेत्रमा दिगो वृद्धि हुने किसिमले काम गर्नुपर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको भनाइ छ।

२ महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण

दुई महिनाको अवधिमा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्ब रुपैयाँ बराबर ऋण तिरेको छ। भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, ५ अर्बको कारोबार

इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर साङ्गी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

जापानमा दक्ष कामदार पठाउने प्रक्रियाः सरकारले म्यानपावरलाई जिम्मा लगायो, पठाउँदैछन् कन्सल्टेन्सीले

सरकारी तवरबाटै विशेष दक्ष श्रमिक निःशुल्क जापान पठाउनेगरी थालिएको प्रक्रिया अहिले भद्रगोल छ। कार्यविधिअनुसार म्यानपावर व्यवसायीले पनि कामदार पठाउन पाएका छैनन्, तर कन्सल्टेन्सीले धमाधम पठाइरहेका छन्।

१०२ मेगावाटको मध्यभोटेकोशी १ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड तथा ठेकेदारको कमजोर कार्यसम्पादनले आयोजना निर्माण प्रभावित भएको थियो।  

सुनको मूल्य हालसम्मकै उच्च

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा लगातार वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

वर्षौंदेखि बाँझो रहेको जमिनमा बेसार फलाउँदै डोटीका ४ युवा

दिपायल सिलगढी–३ बान्नेकोटका युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले करिब १८ रोपनी जमिनमा बेसारखेती थालेका हुन्। उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याएका छन्।

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो। 

मेची भन्सारबाट ५२ प्रतिशतले बढ्यो चिया निर्यात

साउन र भदौमा एक अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।

अभावले जन्माएको ‘दुनाटपरी हाउस’ (भिडियो सहित)

‘मुख्य कुरा आवश्यकता र अभाव रहेछ। अप्ठ्यारोले बलियो बनाउँदो रहेछ। बिहेवारी भएपछि जिम्मेवारी थपियो, खर्च बढ्यो। अभावले तनाव दियो, त्यसैको समाधान खोज्दा दुनाटपरी उद्योग जन्मियो।’

राहुघाट जलविद्युत्‌को काम ८० प्रतिशत पूरा, असारभित्र सक्ने लक्ष्य

नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा उक्त आयोजना बनिरहेको छ।