AnonymousUser

Logout

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा ८ खर्ब ६१ अर्ब घाटा

सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ।

चापाकोटमा ४०० रोपनी जमिनमा सामूहिक आलुखेती

चापाकोट नगरपालिका–८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका छन्।

सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा

ग्रे लिस्टमा पर्नुको अर्थ देशभित्र वित्तीय अपराध बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास घटाउँछ।

सामाजिक सुरक्षा कोषमा स्वरोजगार श्रमिक: बन्यो समेट्ने नीति, हटाइएन व्यवधान

सरकारले दुई वर्षअघि नै स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने व्यवस्था गरेको छ। तर झन्झटिलो प्रक्रिया र राज्यसंयन्त्रकै असहयोगले कोषमा समेटिन ती श्रमिकलाई मुस्किल भइरहेको छ।

सार्वजनिक ऋण जीडीपीको ४५ प्रतिशतभन्दा माथि

चालु आर्थिक वर्षको सात महिनामा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ।

सुनको मूल्य तोलामा १ लाख ७० हजार

बिहीबार तोलाको १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन शुक्रबार १ हजार रुपैयाँ घटेको छ।

धितोपत्र बोर्डले जारी गर्‍यो वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन

धितोपत्र बजारमा सहभागीले आफ्नो कार्य सञ्चालन गर्दा आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्था पालना गर्नुपर्नेछ।

निर्यातमा नगद अनुदानः १२ वर्षमा ८ अर्ब भुक्तानी, व्यापार घाटा बढेको बढ्यै

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको निर्यात बढाउने उद्देश्यसहित सरकारले नगद अनुदानको व्यवस्था ल्याए पनि व्यापार घाटा बढिरहेको छ। यो कार्यक्रमबारे महालेखाको प्रतिवेदनमा पनि प्रश्न उठाइएको छ।

लुम्बिनी प्रदेशमा हालसम्म करिब २५ प्रतिशत मात्रै बजेट खर्च

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च २२.८३ प्रतिशत र चालु खर्च २८.४७ प्रतिशत रहेको जनाएको छ।

नेप्से परिसूचकमा सामान्य अंको वृद्धि, कारोबार रकम भने भने घट्यो

बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा काम भएको छ।

लप्सीफेदी सबस्टेसन पुसभित्र सम्पन्न गर्ने लक्ष्य

करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब बन्नेछ।

तोलामा ५०० रुपैयाँले बढ्यो सुन

बुधबार प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा भेडिहर

मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ। ऊन बिक्री हुन छोडेपछि भेडिहरले जहाँ रौँ काट्यो त्यहीँ छोडेर हिँड्ने गरेका छन्।

तोलामा १ लाख ७० हजार ५०० पुग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ।

नेपाली हाते कागज उद्योगलाई कच्चा पदार्थ अभाव

गोरखा नगरपालिका–६ स्थित उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पदार्थ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ।

नेप्से परिसूचकमा लगातार दोहोरो अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को बिन्दुमा कायम भएको छ।

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य 

छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

नेप्से परिसूचक २९.८७ अंकले बढ्यो, १० अर्बको शेयर किनबेच

सोमबार नेप्से परिसूचक २९.८७ अंक अर्थात् १.१० प्रतिशतले बढेर २७२७.९१ को बिन्दुमा कायम भएको छ।

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको भाउ

छापावाला सुन आज तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ।

बगरमा स्थानीयले नै प्याजखेती गर्न थालेपछि भारतीय खर्बुजा व्यापारी आउन छाडे

विगतमा भारतीय व्यापारीले त्यहाँ लौका र खर्बुजा खेती गर्ने गरेका थिए। स्थानीयले प्याजखेती गर्दा जग्गा खाली नभएपछि भारतीय किसान आउन छाडेको स्थानीयको भनाइ छ।