AnonymousUser

Logout

शेयरबजार ४७ अंकले घट्यो, कारोबार ८ अर्बभन्दा धेरै

साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ।

माटोका भाँडा बनाएर घरखर्च जोहो

सुनसरीका इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा बसोबास गर्ने कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त छन्।

गोरखामा सडक अभावका कारण कुहिँदै स्याउ, बजार ल्याइदिन सरकारसँग माग

सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन किसानले सरकारसँग माग गरेका छन्।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भिड

अन्नपूर्ण गाउँपालिका–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ।

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

घोडेपानीमा आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट

घोडेपानीमा रहेका २६ वटा सानाठूला होटलमा दैनिक एक हजार २०० पाहुना बास बस्ने क्षमता छ। प्याकेजमा प्रतिव्यक्ति एक हजार ५०० देखि पाँच हजार रुपैयाँसम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ। 

नेप्से परिसूचकमा सामान्य वृद्धि, ७ अर्बको कारोबार

नेप्से परिसूचक २.४७ अंकले उकालो लागेर २७४५.३६ मा पुगेको छ भने सात अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

नेवानिद्वारा ६ अर्ब ३२ करोड रुपैयाँ ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ ऋण भुक्तानी गरेको जनाएको छ।

वीरगन्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्।

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट संकलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।

‘रुफटप सोलार’ ऊर्जाको सम्भावनामा सरकारी नीतिको छेकबार 

सरकारी नीति खुकुलो भई उद्योगी–व्यवसायीले खाली रहेको छतलाई उपयोग गरेर सौर्य प्रणालीबाट उत्पादित विद्युत‍् उपभोग गर्न पाएमा धेरैजसो उद्यमी बिजुलीमा आत्मनिर्भर हुने अवस्था रहेको ऊर्जा व्यवसायी बताउँछन्।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बुधबार नेप्से परिसूचक ४३ अंकले बढेर २७४२ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बढ्यो पेट्रोल–डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ।

भदौमा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स

रेमिट्यान्स आप्रवाह १५.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विदेशको तोरीबाट खोकनाको तेल, युक्रेन युद्धले महँगियो

खोकनामा फर्पिङ, लेलेलगायत दक्षिण ललितपुर तथा चितवन, दाङलगायत ठाउँबाट तोरीको आयात हुन्छ तर देशभित्रको आयातले एकचौँथाइ माग मात्र धानिन्छ। विदेशबाट हुने आयातको भरमा कसरी उत्पादन भइरहेछ खोकनाको तेल?

दशैँ बिदापछि खुलेको शेयर बजारमा ३१.४८ अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक ३१ अंकले बढेर २६९९ को विन्दुमा पुगेको छ भने तीन अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बाढीले सुनसरीमा साढे २ करोडको तरकारी बाली क्षति

बाढीले इनरुवासहित हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।

जुम्लामा दशैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। 

निर्माण व्यवसायीले दशैँअघि पाएनन् भुक्तानी

निर्माण व्यवसायीको बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँगको छलफलमा तीन महिनाअगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नुपर्ने बताएकाले ढिलाइ भएको मन्त्री दाहालको भनाइ छ।

सीमापारिबाट नेपालतर्फ सुन तस्करीसँगै भारतीय मुद्राको कालोबजारी 

अहिले नेपालको तुलनामा भारतमा सुन सस्तो छ। त्यसकारण भारतमा सुन किनेर नेपालतर्फ तस्करी गर्ने गिरोहलाई चाहिने भारतीय रुपैयाँको माग उच्च हुँदा सीमाक्षेत्रमा नेपाली मुद्राको भाउ खस्किएको हो।