AnonymousUser

Logout

न्यून प्रस्ताव परेपछि योजना आयोगले थप्यो समपूरक र विशेष अनुदान माग गर्ने समय

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव पेश गर्ने समयावधि थपेको छ।

तोलामा २ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ।

सुनसरीमा हावाहुरीबाट केराखेतीमा क्षति, किसान निराश

असिनापानीसँगै आएको हावाहुरीले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति पुर्‍याएको छ।

आगामी आर्थिक वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति

अर्थ मन्त्रालयले बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेख्नका लागि समिति गठन गरेको छ।

चीन पुग्न थाल्यो ओलाङ्चुङगोलामा बुनेको गलैँचा

कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन। नाका खुलेसँगै व्यापार व्यवसाय गर्न सहज हुन थालेको स्थानीयले बताएका छन्।

सरकारी ऋण उठाउन साढे तीन अर्बको बचतपत्र निष्कासन

सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ।

आधारभूत अस्पताल निर्माण: घोषणा भयो, कार्यान्वयन भएन

गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन्। पाँच अस्पताल निर्माण शुरू भई अलपत्र अवस्थामा छन्।

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

विद्युतीय सवारीसाधनमा ८० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था रहेकोमा नयाँ व्यवस्थाअनुसार ६० प्रतिशत कायम गरिएको छ।

नेप्से परिसूचकमा ७.१३ अंकको वृद्धि, करिब ९ अर्बको ९० करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ को विन्दुमा कायम भएको छ।

तोलामा १ लाख ७१ हजार ३०० पुग्यो सुनको मूल्य

सोमबार प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा किनबेच भएको सुनको सुन बढेर तोलाको १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ।

वीरगन्जबाट ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम आयात

वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन्। ग्रामीण क्षेत्रबाट झरेर करिडोर आसपासमा व्यापार व्यवसाय गर्ने क्रम पनि बढेको छ।

नेप्से परिसूचकमा ३.३५ अंकको वृद्धि, ११ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको छ भने ११ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

सुनचाँदीको मूल्य बढ्यो

सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ८०० पुगेको छ।

नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले बनायो समिति

अर्थ मन्त्रालयले नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। 

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा कायम भएको छ भने ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कमजोर कम्पनीका आईपीओ एक वर्षदेखि ठप्प, लेखा समितिको निर्देशनविरुद्ध ऊर्जा उत्पादकहरूको लबिइङ

सार्वजनिक लेखा समितिले एक वर्षअघि प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएका कम्पनीलाई मात्रै आईपीओ निष्कासनको अनुमति दिन निर्देशन दियो। तर समिति सभापतिले उक्त निर्देशन सच्याउन सकिने संकेत गरेका छन्।

मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी गाउँपालिका

गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो। पालिकाभित्रका किसानलाई मकैको बीउ निःशुल्क उपलब्ध गराउने योजना छ।

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा ८ खर्ब ६१ अर्ब घाटा

सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा ४ खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ।

चापाकोटमा ४०० रोपनी जमिनमा सामूहिक आलुखेती

चापाकोट नगरपालिका–८ र ९ का तीन वटा सहकारीमा आबद्ध कृषकले छिपछाप, क्वामी, दिम्पा, सगुई, निर्दिम, माडी, बेल्टारीलगायत स्थानमा सामूहिक आलुखेती गरेका छन्।