बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा काम भएको छ।
काठमाडौँ– शेयर बजारमा साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। बिहीबार नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा काम भएको हो। नेप्से परिसूचक बढेपछि कारोबार रकम भने घटेको छ।
यस दिन ३०९ कम्पनीको एक करोड ५६ लाख ३७ हजार कित्ता शेयर ८६ हजार २२३ पटक खरिदबिक्री हुँदा आठ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँको कारोबार भएको छ। यसअघि मंगलबार १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा लाइफ इन्स्योसेन्स २.४२, निर्जीवन बीमा ०.६३, अन्य ०.५७ र व्यापार समूहको उपसूचक ३.७७ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। बैंक ०.५५, विकास बैंक ०.५२, वित्त ०.१४, होटल तथा पर्यटन०.३१, जलविद्युत् ०.७५ र लगानीको उपसूचक ०.३७ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.८४, लघुवित्त ०.३० र म्युचुअल फन्ड ०.१४ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ९.९९, वीन नेपाल लघुवित्त ९.६९, अपर हेवा खोला ९.१४, लक्ष्मी लघुवित्त ८.२१ र उपकार लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ। त्यस्तै, वाराही हाइड्रोपावर ८.३५, गरिमा समृद्ध योजना ७.७०, भूगोल इनर्जी ५.७८ र दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य ४.१२ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा नेपाल रिइन्स्योरेन्सको ६५ करोड ६६ लाख सात हजार ८५६ रुपैयाँ बराबरको ६ लाख ३० हजार८९७५ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
