AnonymousUser

Logout

आईएमएफले सक्यो विस्तारित कर्जा सुविधाको पाँचौँ समीक्षा, ५ अर्ब ८१ करोड निकासा गर्ने

एफएटीएफको ‘ग्रे सूची’मा परेपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता आईएमएफले औँल्याएको छ।

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

सीमास्तम्भमा फोटो खिच्नेदेखि उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली पर्यटकको संख्या बढेको छ।

दिक्तेल र हलेसीमा दुना–टपरी उद्योग, स्थानीयलाई रोजगारी 

मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा ५ रुपैयाँ र टपरीको प्रतिगोटा ८ रुपैयाँ निर्धारण गरिएको छ। 

९० दिनलाई स्थगन भएको एमसीसी परियोजना: सहायता रोकिए बनिरहेका पूर्वाधार के हुन्छन्?

अमेरिकाले ‘तत्काललाई स्थगन’ गरेको एमसीसी परियोजनाअन्तर्गत अघि बढेका काम भने रोकिएका छैनन्। यही संकेत देखेर हुनसक्छ, सरकारी अधिकारी र जानकारहरू एमसीसीको सहायता नरोकिनेमा आशावादी छन्।

सरकारको आम्दानीभन्दा खर्च बढी, ८ महिनामा २३ प्रतिशत मात्र विकास खर्च

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ।

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला ४ हजारले बढ्यो

आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार ५०० कायम भएको छ।

नेपाली क्रिकेटरको नयाँ ग्रेडिङ, २० हजारदेखि १ लाखसम्म पारिश्रमिक

बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङमा पुरुषतर्फ पाँच र महिलातर्फ चार जना खेलाडी ग्रेड ‘ए’ मा परेका छन्।

काठमाडौँमा होलीको किनमेलमा कमी, मुख्य बजारहरूमै छैन चहलपहल

काठमाडौंका भित्री व्यस्त बजार असन, इन्द्रचोक, न्यूरोडलगायतका क्षेत्रमा यस वर्ष होलीको अपेक्षित व्यापार र चहलपहल नभएको व्यापारीहरू बताउँछन्।

लगातार सात कारोबार दिन घटेको शेयरबजारमा आज दोहोरो अंकको वृद्धि

आज नेप्से १७.२८ अंकले बढेर दुई हजार ७३६.४८ को विन्दुमा कायम भएको छ।

संकट नजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड

‘रिभाइटलाइजिङ द टेलिकम इन्डन्डस्ट्री’ विषयक कार्यक्रममा सरोकारवालाले टेलिकम उद्योगमा राज्यको सकारात्मक हस्तक्षेप अपरिहार्य भइसकेको बताएका छन्। 

ताप्लेजुङको खोक्लिङमा १४० रोपनीमा सामूहिक मकैखेती

मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन्। १२ परिवारले १४० रोपनी क्षेत्रफलमा मकैखेती लगाएका छन्। 

नेप्सेमा लगातार सातौँ दिन गिरावट, परिसूचक २७१९ को विन्दुमा

मंगलबार नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर २७१९.२० को विन्दुमा कायम भएको छ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

साउनयता वैदेशिक अध्ययनमा बिदेसियो ६४ अर्ब १५ करोड

यस अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३६ अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो।

७ महिनामा ६ खर्ब ४२ अर्ब राजस्व उठ्दा खर्च ७ खर्ब ५४ अर्ब

राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ।

माघमा १२.८० प्रतिशतले बढ्यो घ्यू र तेलको मूल्य

राष्ट्र बैंकका अनुसार माघ दाल तथा गेडागुडीको मूल्य ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक २० अंकले घटेर २७५१ को विन्दुमा

नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको छ। 

सुनको मूल्य बढ्दा चाँदी स्थिर

सोमबार सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ।

सिस्नो र गुन्द्रुक ‘ब्रान्डिङ’ गर्दै बागलुङका महिला

जैमिनी नगरपालिकाले एक वर्षअगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन्।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचक ४६.३३ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७७२.१० को विन्दुमा कायम भएको छ।