आगामी आर्थिक वर्षको बजेटमा कर बढ्ने आकलन गरी व्यवसायीले ईभीको आयात ह्वात्तै बढाए, तर कर यथावत रह्यो। अब उपभोक्तालाई साउनअघि नै गाडी किन्ने हतारो नहुँदा व्यापारी भने चाँडो बेच्ने दबाबमा हुनेछन्।
निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।
टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि २८ किलोमिटर मात्रै सम्पन्न भएको छ।
सरकारले सुनका गरगहनामा विलासिता कर, आयातित मदिरामा परिमाणको सट्टा मूल्यका आधारमा भन्सार लाग्ने व्यवस्था गरेको छ भने सिमेन्टमा अन्तःशुल्क बढाएको छ।
२०१३ सालयता बन्द रहेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ स्थित ‘सेल्मे फलाम खानी’ पुन: सञ्चानलका लागि स्थानीयले सरकारसँग माग गरेका छन्।
राजस्व संकलन लक्ष्य भेट्न मुस्किल परिरहेका बेला र वैदेशिक अनुदानमा समेत कमी आइरहेको अवस्थामा ऋणमा भर पर्दै सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट संघीय संसद्मा प्रस्तुत गरेको छ।
नवप्रवर्तनमा आधारित स्टार्टअप प्रवर्द्धन गरिने र जेन–जी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा इन्कुवेसन सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ।
नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट पाउने भएका छन्।
सरकारले विद्युतीय सवारीसाधन (ईभी)को आयातमा लाग्दै आएको करको दरलाई आगामी आर्थिक वर्षका लागि पनि यथावत् राखेको छ।
बजेटमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा विकास गरिने उल्लेख छ।
अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण कर्मचारीको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको आय र व्ययको अनुमान(बजेट) संसद्मा प्रस्तुत गरेको छ।
बीमाको हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए।
चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय र व्ययको अनुमान सरकारले दोस्रो पटक संशोधन गरेको छ।
सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय, कृषि फार्म र हाउजिङ अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाइने बताएका छन्।
अर्थमन्त्री पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षा, २०८२ अनुसार, सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश पनि एक वर्षमा झन्डै पाँच अर्ब रुपैयाँले घटेको छ।
बुधबार नेप्से परिसूचक १७.४४ अंकले बढेर २,६९३.०६ को विन्दुमा कायम भएको हो।
अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ।
खत्याड गाउँपालिका–५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्लाको कनका सुन्दरी गाउँपालिका–३ का बमबहादुर बुढाले सामूहिक आलुखेती गरेका छन्।