घाटामा गएका कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने भन्दै डेढ वर्षअघि सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दियो। त्यसविपरीत अहिले अर्थ समितिले आईपीओ नरोक्न निर्देशन दिएको छ।
चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजार कार्टुन मात्रै हुने गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०८२ बहुमतले पारित गरेको छ।
मंगलबार नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ को बिन्दुमा कायम भएको छ।
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जा प्रवाहमा कायम गर्नुपर्ने न्यूनतम सीमा पुर्याउने समय एक वर्ष थपिएको छ।
सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ बिन्दुमा उक्लिएको छ।
प्राकृतिक ग्यासको भण्डार त फेला पर्यो, तर उत्पादन परीक्षण नगरी कति ग्यास निस्कन्छ थाहा हुँदैन। परीक्षण शुरू गरेको तीन महिनामा व्यावसायिक रूपमा उत्पादन हुन्छ वा हुँदैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब १८ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
राष्ट्र बैंकले मधेश प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ।
शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ।
सरकारले आयोडिनयुक्त नुनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी गरिरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले आपत्ति जनाएको छ।
बिहीबार नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा कायम भएको हो।
२०७८ वैशाख २८ गते शुरू गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो। त्यहाँबाट संकलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ।
तनहुँका नौ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। त्यसमध्ये एक हजार ८०२ हेक्टरमा चैते धानसमेत लगाइन्छ।
बुधबार नेप्से १.०७ अंकले घटेर २ हजार ६५३.६८ को विन्दुमा कायम भएको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
तेल कम्पनी र ऊर्जा विशेषज्ञले द्वन्द्व अझै चर्किएको अवस्थामा यसले विश्वव्यापी ऊर्जा पूर्वाधारमा ठूलो असर पार्न सक्ने बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ
बेलबारी–११, भाङबारीका किसान वीरेन्द्र खत्री भन्छन्, ‘भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, धानको भूसको मूल्य ८०० रुपैयाँ मन हुँदा चैतेधान ६०० रुपैयाँ छ।’
विश्व बैंकले मंलगबार सार्बजनिक गरेको नयाँ प्रतिवेदनले काठमाडौँ उपत्यका र तराईको वायु प्रदूषण प्रमुख रूपमा चिन्ताजनक अवस्थामा रहेको उल्लेख गरेको छ।
तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिले बिक्री आय लुकाएर ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको दाबी छ।