AnonymousUser

Logout

केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायत ठाउँका किसानले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएका थिए। अहिले बोट नै सुक्ने रोग देखिएपछि उनीहरू समस्यामा परेका छन्।

८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजना अन्तिम चरणमा

सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलुखोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ। उक्त पानी ६ किलोमिटर टाढा भदौरेस्थित पावर हाउसमा झारिनेछ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध भोजपुरे खुकुरी जनशक्ति र सल्लाका काठ, कोइला, गोल जस्ता कच्चापदार्थको अभावका कारण उत्पादनमा कमी आउन थालेको उद्यमीहरूको गुनासो छ।

अर्थसमिति अनुगमन: भन्सार कार्यालय अस्तव्यस्त हुँदा चोरीपैठारी वृद्धि

‘धेरैजसो भन्सारमा आवश्यक पूर्वाधार छैन। जाँचपास मेसिन नियोजित ढंगले बिगारिएका छन्। कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट, व्यापारीको मिलेमतो छ।’

नेप्सेमा सामान्य अंकको गिरावट

बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २ हजार ७११.४५ को बिन्दुमा कायम भएको हो।

तोलामा २ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ६६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ।

गण्डकीमा किसानले यस वर्ष बेचे ४ अर्बभन्दा बढीको सुन्तला

यस वर्ष ११ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको कृषि विकास निर्देशनले जनाएको छ। दुई वर्षअघि ५० हजार ८५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यो वर्ष बढेर ६६ हजार ५७८ मेट्रिक टन उत्पादन भएको छ।

शेयर बजारमा ११ अर्ब ८७ करोडको कारोबार

सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको छ।

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले ६ महिनामा झण्डै ५६ अर्ब ८३ करोड रुपैयाँ बराबर खर्च गरेका छन्।

सुमेरु सहकारीको कथा: पूर्वराजाका ज्वाइँको समूहमाथि किन भएन सरकारको विश्वास?

चार अर्ब हिनामिना गरेर सञ्चालक भरत महर्जन बेलायत भागेपछि गम्भीर संकटमा परेको सुमेरु सहकारीमा पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहको ‘एन्ट्री’ भयो। त्यसको ६ महिनामै यो सहकारी समस्याग्रस्त घोषित भएको छ।

नेप्से परिसूचक ६९ अंकले बढ्यो, १२ अर्ब ९५ करोडको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ६९.८० अंक अर्थात् २.६२ प्रतिशतले बढेर २७२७.५८ को बिन्दुमा कायम भएको छ।

१२ किलोको काउली फलाएका पदम, भन्छन्– विदेश जाने सोच कहिले पनि आएन

साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा विदेश जाने सोच आएन। स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन भए। अनि गाउँमै उद्यमी बने। 

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन्। सडकले ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सहज भएको छ। 

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ।

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य 

शुक्रबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १ लाख ६० हजार ५०० रुपैयाँमा भएको थियो। 

बिजुलीको दबदबाः नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१ प्रतिशत ईभी

पछिल्ला तीन वर्षमा विद्युतीय गाडी (ईभी)को आयात ह्वात्तै बढ्दा सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको उपस्थिति बाक्लिँदै गएको छ।

बागलुङमा अलैँची उत्पादन वृद्धि, वर्षमा ६ करोडको कारोबार

बागलुङका १० स्थानीय तहमध्ये आठ तहलाई समेटेर ‘अलैँची जोन’ निर्माण गरिएको छ। १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन बनाइएको हो।

देशभरको मौसम सफा रहने पूर्वानुमान

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राष्ट्रिय योजना आयोगले माग्यो अनुदान कार्यक्रमको प्रस्ताव

प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेस गरिसक्न भनेको छ।