बागमती प्रदेश सरकारले मनोरञ्जन करको दर हेरफेर गर्दा महानगरको आम्दानी घटेको भन्दै काठमाडौँका मेयर बालेन शाह असन्तुष्ट छन्। तर प्रदेशले पाउने ४० प्रतिशत हिस्सा महानगरले नदिएको बागमती सरकारको दाबी छ।
सन् २०२३ को तुलनामा गएको वर्ष मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या १ हजार ४२८ जनाले बढी छ। सबैभन्दा धेरै फ्रान्सबाट आएका छन्।
सहकारीपीडितले सरकारले समस्या समाधानभन्दा पनि सहकारी ठगीमा संलग्नलाई बचाउने उद्देश्यसाथ सहकारी अध्यादेश ल्याएको आरोप लगाएका छन्।
मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ।
बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ।
सरकारले साना बचतकर्ताको रकम फिर्ताको घोषणा बजेटमै गरेको थियो, अहिले त्यही व्यवस्था राखेर अध्यादेश ल्याएको छ। तर बचत फिर्ताको स्पष्ट आधार नहुँदा पीडितले रकम पाउन कठिन हुने विज्ञहरू बताउँछन्।
ऋणपत्र, प्रत्याभूति पत्र, स्वपुँजी कोषलगायत विभिन्न वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक वित्त परिचालन गर्न आवश्यक रहेको भन्दै सरकारले विधेयक ल्याउने तयारी गरेको हो।
सोमबार नेप्से परिसूचक १.८९ प्रतिशतले बढेर २६४०.६८ को विन्दुमा पुगेको छ भने ६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
नेपाल प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को बिन्दुमा कायम भएको छ।
ठेक्का सम्झौतापछि निर्माण कम्पनीलाई कर छुटको निर्णय तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए। त्यसका आधारमा परियोजना कार्यान्वयन सम्झौता तत्कालीन प्रधानमन्त्री ओलीको पालामा भएको थियो।
शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३.४५ प्रतिशत मात्रै भएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार, तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार ८०९ वटा दाबीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार रुपैयाँ भुक्तानी भएको छ।
विश्व बैंकको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा दूरसञ्चार कम्पनीले मुलुकको जीडीपीमा करिब ४ प्रतिशत योगदान गरेकोमा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको उल्लेख छ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ।
खेती गर्न आफ्नो पर्याप्त जमिन नभएको र बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले सामूहिक तरकारीखेतीमा लागेको लहान नगरपालिका–२२ स्थित सिसवोनीका महिलाले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ।
खबरा गाउँमा १५० परिवारको बसोबास छ। सबैले व्यावसायिक केराखेती गरेका छन्। गाउँबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको केरा बिक्री हुने गरेको छ।
बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ।