AnonymousUser

Logout

अवैध रूपमा वैदेशिक रोजगारीमा गएकालाई एक पटकका लागि वैधता दिने सरकारको तयारी

श्रममन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि अवैधानिक बाटो हुँदै विभिन्न मुलुकमा पुगेको नेपाली नागरिकलाई एक पटकका लागि वैधता दिने गरी प्रक्रिया अगाडि बढाइएको बताएका छन्।

सरकारको आगामी बजेट मानवकेन्द्रित होस् : सीके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारले आगामी बजेट मानवकेन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन्।

फजुल खर्च कटौती र अनावश्यक संरचना पुनरावलोकन गर्न सांसदहरूको सुझाव

राष्ट्रियसभाका सांसदहरूले आर्थिक अवस्थालाई लयमा फर्काउन कृषि, ऊर्जा, उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्न, फजुल र विलासिताका वस्तु आयात कम गर्ने व्यवस्था गर्न सुझाएका छन्।

सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ 

चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। 

भड्खालोमा जाकिएको अर्थतन्त्रलाई स्थायित्व र स्थिरताले न्याय गर्दैन : स्वर्णिम वाग्ले

सांसद वाग्लेले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए।

आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झर्नुको जिम्मेवारी गठबन्धनले लिनुपर्छः विष्णु पौडेल

नेकपा एमालेका सांसद विष्णु पौडेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा आर्थिक मन्दीलाई छोप्न खोजिएको आरोप लगाएका छन्।

राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सक्दैन: गभर्नर अधिकारी

गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर काम गर्न खोजे समग्र वित्तीय प्रणाली संकटमा पर्न सक्ने बताएका छन्।

कस्तो आउँदै छ आगामी बजेट?

सामाजिक सुरक्षालाई प्रभावकारी बनाई स्रोतको सुनिश्चितता गरिनुका साथै सबै प्रकारका विभेद अन्त्य गरी विकासमा जनतालाई सहभागी गराई मूल प्रवाहमा पहुँच अभिवृद्धि गर्न बजेट केन्द्रित हुने अर्थमन्त्रीले बताए।

नेप्से दोहोरो अंकले घट्यो, कारोबार ६० करोडमा सीमित

कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १८७ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्छ: अर्थमन्त्री

मन्त्री डा. महतले पुँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको बताए। आर्थिक नीतिमार्फत पुँजी प्रवाहलाई व्यापक बनाउनुपर्ने उनको भनाइ छ।

अर्थतन्त्र चिन्ताजनक अवस्थामा छैन : प्रधानमन्त्री

‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’मा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएको बताएका छन्।

कस्तो र कतिको बजेट?

व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सरकारलाई दबाब परेको छ।

खडेरी र रोग कीराको चपेटामा अलैँची

ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती गरिन्छ। यहाँका किसानको आम्दानीको मुख्य स्रोत अलैँची नै हो। तर, मूल्यमा आएको गिरावट र विभिन्न प्रकोपका कारण उत्पादन घट्ने भन्दै चिन्तित छन्। 

नयाँ स्टक एक्सचेन्जले एक महिनाभित्र अनुमति पाउँदै, कम्पनीहरूले दुईतिरै कारोबार गर्न पाउने

आवेदन दिएका तीनमध्ये एक कम्पनीले स्टक एक्सचेन्ज सञ्चालन अनुमति पाउनेछ। अहिले नेप्सेमा सूचीकृत शेयर कारोबार कम्पनी तथा ब्रोकरहरूले हालको नेप्से र नयाँ एक्सचेन्ज दुबैमा कारोबार गर्न सक्नेछन्।

सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई आशयपत्र

बोर्डको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले थप १३ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो। आशयपत्र पाएका कम्पनीले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्नेछ।

काँकडभिट्टाबाट ९ महिनामा १७ करोडको बन्दागोभी निर्यात

चालु आवको नौ महिनामा काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोड १७ लाख रुपैयाँको खाद्यान्न तथा कृषिउपज निर्यात र नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँको आयात भएको छ।

निर्माण, व्यापार र उत्पादन क्षेत्रको वृद्धि ऋणात्मक हुने प्रक्षेपण, सरकारले नै गर्‍यो आर्थिक मन्दीको संकेत

कृषिपछिको बढी योगदान रहने व्यापारसहित तीन क्षेत्रको वृद्धिदर नकारात्मक हुनु आर्थिक मन्दीकै संकेत भएको विभागका निर्देशक भण्डारी बताउँछन्।

८ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य हावादारी साबित भयो : पूर्वअर्थमन्त्री पौडेल

पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी गरेका छन्।

नाफा हुने वीरगन्जको रेल भारतीय कम्पनीलाई, घाटामा रहेको जनकपुर रेल्वे चलाउन ‘सटर बनाउने योजना’

जनकपुर रेल्वेले एक वर्षमा ४२ करोड घाटा बेहोरेपछि त्यसको पूर्तिका लागि जनकपुरको जग्गामा सटर बनाएर भाडामा लगाउने योजनामा छलफल थालेको छ। नाफामा भएको वीरगन्जको कार्गो रेल भने भारतीय कम्पनीले चलाउँछन्।

चालु आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने, आर्थिक वृद्धिदर २.१६ प्रतिशत

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ।