मन्त्री डा. महतले पुँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको बताए। आर्थिक नीतिमार्फत पुँजी प्रवाहलाई व्यापक बनाउनुपर्ने उनको भनाइ छ।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका छन्।
अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै वित्त नीतिबाट पुँजी परिचालन गर्न नसकेको र कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह भएको बताए। उनले भने, “त्यसैले अर्थतन्त्रमा शिथिलता देखिएको छ। आज देखिएको समस्या समाधान वित्त नीतिभन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ।”
राष्ट्र बैंकका अधिकारीहरूले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाउनु भएको उनको भनाइ छ। महतले थपे, “राष्ट्र बैंकले लचिलो मौद्रिक लियो भने ब्याजदर घट्छ भन्ने विश्वास छ। फिस्कल स्पेसमार्फत पुँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनु पर्छ।’
मन्त्री डा. महतले पुँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको बताए। आर्थिक नीतिमार्फत पुँजी प्रवाहलाई व्यापक बनाउनुपर्ने उनको भनाइ छ।
“आउँदो वर्ष हामीले अर्थतन्त्रलाई गतिशीलताको बाटोमा लगे पनि राजश्वमा व्यापक वृद्धि हुने अवस्था छैन। राजश्व अवश्य बढाउँछौँ, तर हामीले सोचजस्तो एक वर्षभित्रमै व्यापक वृद्धि सम्भव हुन्छ भन्ने मलाई लाग्दैन। अर्थतन्त्रकै गतिशीलताका आधारमा राजस्व वृद्धि हुने हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
