निकुञ्जबाट निस्किने गैँडा, बँदेल, हरिणलगायतका जंगली जनावर आएर खेती नष्ट गर्ने क्रम बढ्दै गएपछि पूर्वी नवलपरासीका किसान माछापालनतर्फ आकर्षित हुन थालेका छन्।
मधेश प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।
सुन्तला खेती हुने गण्डकीका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक सय ८० र सबैभन्दा कम लमजुङमा सात सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास निर्देशनालयले जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर प्रयोगका लागि ओएण्डएम गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।
हुम्लामा बिहीबारदेखि हवाई सेवा सञ्चालन हुन सकेको छैन। उडान ठप्प हुँदा आवतजावतदेखि खाद्यान्न र कार्गोका सामान ढुवानी सेवा प्रभावित भएका छन्।
इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र कर्जा लिएका व्यवसायीलाई सहज हुने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।
काठमाडौँ महानगरले दैनिक उठाउने करिब ६०० मेट्रिक टन फोहोर ककनी-२ सिसडोल पठाउँछ। तर, यता महानगरले फुटपाथमा व्यापार रोकेपछि ककनीका किसानले स्ट्रबेरी बेच्न समस्या भोग्नु परेको छ।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सिप र कच्चा पदार्थबाट उत्पादित सामग्रीको निकासी प्रवर्द्धन गर्न सके मात्र चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन्।
काठमाडौँमा दैनिक करिब ५०० मेगावाट विद्युत् खपत हुन्छ। प्राधिकरणको आग्रहबमोजिम खपत बढे करिब १ हजार मेगावाट विद्युत आवश्यक हुन्छ। हिउँदमा अहिले चक्रपथभित्रै प्राधिकरणको वितरण प्रणालीले नधान्ने अवस्था छ।
दुई दशक अगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गएपछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।
बैंक तथा वित्तीय संस्थाहरूबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।
चालू आर्थिक वर्षको पहिलो महिनादेखि हालसम्म रसुवागढी नाकाबाट तीन सयभन्दा बढी सवारीसाधन आयात भएका छन्। आयातित सवारीसाधनमध्ये इलेक्ट्रिक कार सबैभन्दा बढी रहेका छन्।
मंगलबार प्रतितोला एक लाख दुई हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ।
सीमित डेरी उद्योगीले आफूखुसी दूधको मूल्य बढाएपछि नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, किसानका छाता संस्था र उपभोक्ता अधिकारकर्मीले विरोध जनाएका थिए।
संचालनको तीन वर्षसम्म अमलेखगन्ज–मोतिहारी पाइपलाइनबाट पेट्रोल ढुवानी गर्न नसक्दा आयल निगमले ट्यांकरका लागि मात्र मासिक १५ करोड खर्च गर्छ, जसले गर्दा पेट्रोल प्रतिलिटर करिब ४ रुपैयाँ महँगो परिरहेको छ।
सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरीच, कागती, निम्बू, बेसार, अदुवालगायतका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ।
आईस्पानका अध्यक्ष सुधिर पराजुलीले विद्युत् प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय नगरी आफूखुसी पोलको भाडा ७०० प्रतिशत वृद्धि गरेको बताए।
किसानहरूले लागत बढेको भन्दै दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाउनुपर्ने माग अघि सारेका छन्।
तामझामसहित उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षा विपरीत आन्तरिक उडानमा मात्रै सीमित हुने त हैन भन्ने अन्योल सिर्जना भएको छ।
भारतबाट मट्टितेल बाहेक सबै किसिमका पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि मूल्य यथावत् रहने नेपाल आयल निगमले जनाएको छ।