नेसनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज, हिमालयन एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए।
यस वर्ष जलविद्युत् आयोजनाहरूको जडित क्षमता बढे तापनि पानी/हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको प्राधिकरणले जनाएको छ।
धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर चैत ३० गते आवेदन मागेको थियो। बोर्डले दिएको समयसीमा आइतबार सकिँदै छ।
अरनिको, बिपी र हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारी चल्ने गर्छन्। तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने व्यावसायीको भनाइ छ।
अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्न सक्ने क्षमता बढाउने काम गर्न लागिएको बताए।
अर्थमन्त्री महतले खर्च नगरे पनि हुने फर्निचर, गाडी, भ्रमण भत्तालगायतमा केन्द्र सरकार र अर्थ मन्त्रालयले निर्ममतापूर्वक प्रस्तुत हुने बताएका छन्।
दैनिक ५ सयदेखि ६ सय हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आउने गरेको नगरपालिकाले जनाएको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ। नयाँ वर्ष लागेसँगै बैंकले निक्षेपको ब्याज घटाएकाले बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन।
राष्ट्र बैंकले गत साउनदेखि चैत मसान्तसम्म तोकिएको सीडी रेसियो कायम नगरेका र सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेका ‘क’ वर्गका ९ बैंकलाई कारबाही गरेको छ।
आर्थिक गतिविधि कम हुँदा त्यसको मारमा साना व्यवसायी पनि परेका छन्। काठमाडौँमा सटर भाडामा लिएर र फुटपाथमा व्यापार गर्नेहरू अहिले जिविका चलाउनै मुस्किल परिरहेको बताउँछन्।
लुम्बिनी प्रदेश मातहत १८९ सरकारी निकाय र समितिसमेत अन्य १६ वटा संस्थाको गरी ५७ अर्ब आठ करोड १२ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो।
चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरू गरिने छ।
गत वर्षको चैतसम्म १ खर्ब ६० अर्बको निर्यात भएकोमा यो वर्षको सोही अवधिमा १ खर्ब १८ अर्बमा खुम्चिएको छ।
बुधबार वृद्धि बिहीबार कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन। कूल ३२ लाख नौ हजार २१४ कित्ता सेयर ९८ करोड ३३ लाख ६७ हजार ३११ मूल्यमा खरिद बिक्री भएका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रूपमा नियुक्त गरेका छन्।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
प्रधानमन्त्री दाहालले कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बेला रासायनिक मल किन्न साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् अघि बढाइएको ‘फास्ट–ट्रयाक’ प्रक्रिया विवादमा परेको छ।
समस्या भएका सहकारीको सम्पत्ति बिक्री वा व्यवस्थापन गरेर बचतकर्तालाई रकम फिर्ता गर्ने जिम्मा पाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई ओरेण्टलका तत्कालीन अध्यक्ष बस्नेतले उल्झनमा राखेका छन्।
नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले सुधार भएको छ। कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आगामी दिनमा सरकारले चाहँदा चक्रपथमा मेट्रो रेल, मोनो रेल वा अरू कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ।