साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका साझा बिक्री कक्षहरूमा बृहत पुस्तक प्रदर्शनी गरिरहेको छ।
बिहीबार नेप्से परिसूचक ४१.०४ अंकले घटेर २ हजार १ सय ४९ दशमलव ३९ अंकमा ओर्लिएको छ।
बिहीबार छापावाल सुन प्रतिताेला १ लाख ३ हजार ४०० र तेजाबी सुन १ लाख २ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ।
भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षमा १० करोड रुपैयाँ लागतमा विभिन्न पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।
शक्ति र अपराधका आडमा सञ्चालन भइरहेका र दशकौँदेखि व्यवस्थित हुन नसकेका अवैध क्रसर उद्योगमा हात हालेर गृहमन्त्री लामिछानेले आफूलाई अग्निपरीक्षामा उतारेका छन्।
विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत संकुचन आउने देखाएको छ।
बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु तीन सयले घटेर एक लाख तीन हजार दुई सयमा पुगेको छ।
तिला गाउँपालिकाले नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइ तालिम दिएको छ। तालिम लिएपछि महिलाहरू आफै व्यवसाय सञ्चालन गर्ने योजनामा छन्।
बोर्डले न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐनअनुसार ७५ हजार रुपैयाँ जरिबाना र कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सोसरह पद धारण गर्न १० वर्षसम्म अयोग्य रहने गरी कारबाही गरेको छ।
बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा देखिएको प्राधिकरणले जनाएको छ।
कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको किनबेच भएको छ।
पृथ्वीबहादुर शाहको समूहका नाममा २२ वटा कम्पनी अस्तित्वमा देखिएका छन्। तीमध्ये १४ वटा कम्पनीका खातामा चार वर्षमा विदेशबाट करिब ६३ करोड रुपैयाँ भित्रिएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को पहाडी क्षेत्रमा उत्पादन भएको तरुल पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ। यहाँका हरेक परिवारले तरुलकाे खेती गरेका छन्।
प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी काम र आर्थिक अपराधसँग जोडिएका वेबसाइट एप र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिएको छ।
पौडेल अर्थमन्त्री भएको १० दिनमै उद्योगी–व्यवसायीको मागबमोजिम राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरिदियो। सेयरबजार पनि ३०० अंकले बढेको छ। के उनी निजीक्षेत्रमैत्री अर्थमन्त्री हुन्?
काठमाडौँ–तराई मधेश फास्ट ट्रयाक, हुलाकी राजमार्गलगायत ठूला योजनाको निर्माण सुस्त हुँदा मधेशको कृषि र औद्योगिक उत्पादन बढ्न नसकेर प्रदेशको समग्र विकास प्रभावित भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
सुन आइतबार प्रतितोला एक लाख तीन हजार तीन सयमा कारोबार भएको थियो।
नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।
परिसंघले विज्ञप्ति जारी गर्दै मार्गदर्शन संशोधनले उद्योगी व्यवसायीका समस्या आंशिक रूपमा समाधान भएको बताएको छ।
बिहान ११ः१४ मा काठमाडौँबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्विनअटर–४०० विमान १२ बजे रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो।