नेप्से परिसूचक १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलव ५३ अंकमा कायम भएको हो।
कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्यांकन सूचक उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।
शुक्रबार प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँ रहेको सुन आइतबार एक लाख छ हजार रुपैयाँ कायम भएको छ।
तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी वकी डाँगीले सञ्चालन गरेको फर्ममा ३८ वटा भैँसी पालिएका छन्। दुई जनाले रोजगारी पाएका छन्।
निसीखोला गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका पर्यटकीय गन्तव्यको गुरुयोजना बनाउन थालेको छ।
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०/४० प्रतिशत बुकिङ रहेकोमा दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको बताए।
निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्यूएस र पीएमसीसी कक्षको निर्माण गरिने जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
धनकुटाका कृष्ण रसाइलीले 'घरेलु ठेकी तोङ्वा उद्योग'बाट ७० प्रकारका काठका सामग्री बजारमा पठाउने गरेका छन्।
बर्सेनि २० अर्बको कारोबार गर्ने भाटभटेनी सुपरमार्केटसँग कारोबार जोडेका साना उद्यमीको अनुभव तीतो न तीतो छ, मंगलबार काठमाडौँमा आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यले त्यसलाई उजागरमात्र गरिदिएका हुन्।
चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब ऋणबाट स्रोत जुटाउने लक्ष्य राखेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती आफ्नासामु रहेको बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
आयोजना निर्माण भएपछि पेट्रोल, डिजेल र मट्टितेल तीनवटै पदार्थ एउटै पाइपलाइनबाट ल्याउन सकिन्छ।
भन्सार कार्यालय नहुँदा भारतबाट ठुलो परिमाणमा सामान तस्करी हुने गरेको छ।
बुधबार चाँदीको मूल्य भने घटबढ भएको छैन। चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
औद्योगिक ग्राम सञ्चालनमा आएपछि महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाले जनाएको छ।
मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंक पनि मर्जरमा जानुपर्ने बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार ३०० रुपैयाँ कायम भएको छ।