AnonymousUser

Logout

आगामी आर्थिक वर्षको बजेट : आयोजनाको चाप, सरकारलाई स्रोत व्यवस्थापनमा सकस

प्रदेश र स्थानीय तहबाट ४ हजार बढी आयोजनाका लागि १ खर्ब ४२ अर्ब रुपैयाँ माग गर्दै प्रस्ताव पेस भएकोमा बजेटको सीमाभित्र रहेर करिब २० प्रतिशत आयोजना छनोट गरिएको योजना आयोगले जनाएको छ।

ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डले दियो १६ कम्पनीलाई आशयपत्र

बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको छ।

भारतमा हुने चुनावका कारण जमुनाहा नाका दुई दिन बन्द हुने

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि बाँकेको जमुनाहा नाका दुई दिन बन्द गर्न लागिएको हो।

विदेश निर्यात हुन्छ दगामको मह

तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह मलेसिया, बेल्जियम र नेदरल्याण्ड निर्यात हुन थालेको छ। यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन्।

सेयर बजार १९.११ अंकले घट्यो, ९५ करोडको कारोबार

आइतबार २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८०१ पटक किनबेच हुँदा ९५ करोड ४३ लाख २२ हजार ३७७ बराबरको कारोबार भयो।

राष्ट्र बैंकले बढायो अमेरिकी डलर सटहीको सीमा

राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधनमार्फत विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने सटही सुविधासम्बन्धी व्यवस्था थप गरेको छ।

होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर व्यवसायीले होटल तथा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग गरेका छन्।

चियाको गुणस्तर हेर्न इलाममा विदेशी व्यापारी, अर्थोडक्स चिया प्रतिकिलो १० हजार रुपैयाँमा बिक्री 

चिया टेस्टिङका अवसरमा नेपालमा पहिलो पटक लिलामीबाट अर्थोडक्स चिया बिक्री गरिएको छ। ‘डेमो अक्सन’मार्फत प्रतिकिलो १० हजार रुपैयाँमा चिया बिक्री भएको हो।

व्यावसायिकतामा जोड दिन किसानलाई बाख्रा उपहार

बाख्रापालनबाट महिलालाई आत्मनिर्भर र नगरलाई मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ

थर्मल गन काण्डपछि बनेको व्यावसायिक गुटः रिइन्सुरेन्सदेखि स्टक एक्सचेन्जसम्म हाबी

लकडाउनमा थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ अग्रवाल पक्राउ परेपछि उनी सम्बद्ध शंकर ग्रुपले बनाएको समूह रिइन्सुरेन्सदेखि स्टक एक्सचेन्जसम्म हाबी हुँदा प्रतिस्पर्धी विशाल ग्रुपले ‘हात उठाएको’ छ।

डोल्पा विद्युत्‌को राष्ट्रिय प्रसारणमा जोडियो, हुम्ला र मुगुमा पुग्न बाँकी 

कर्णाली प्रदेशका १० मध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्। हुम्ला र मुगुलाई आगामी असारभित्र ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ।

प्रदेश र स्थानीय तहमा जाने २३ अर्ब १३ करोड रुपैयाँ अनुदान कटौती

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारी वित्त व्यवस्थापनमा चुनौती देखिएपछि अनुदान रकम कटौती गर्ने निर्णय गरेको थियो। 

'कमजोर राजस्व परिचालन र बढ्दो चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण'

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले शोधनान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न लागेको बताएका छन्।

नेपालमै उत्पादित सवारी दर्ताको बाटो खुल्यो

यातायात व्यवस्था विभागले निर्देशिका संशोधन गर्दै नेपालमै उत्पादित तथा ‘एसम्बल’ भएका सवारीसाधन दर्तासम्बन्धी बाधा फुकाएको छ।

साढे दुई वर्षदेखि लुम्बिनीमा थन्किएका विद्युतीय बस सञ्चालनमा आउने

एडीबीको अनुदान सहयोगमा लुम्बिनी विकास कोषलाई प्राप्त विद्युतीय सवारी साधनमा हरियो नम्बर प्लेट राख्ने अनुमति भएपछि पर्यटक बोक्न पाउने भएका छन्।

विद्युत प्राधिकरण र भौतिक मन्त्रालयबीचको टसलले तार भूमिगत योजना अलपत्र

मुख्य सडक खन्ने अनुमति नपाउँदा तार भूमिगतको कामले चार वर्षसम्म पनि गति लिन नसकेको विद्युत प्राधिकरणले जनाएको छ। तर, खनेका सडक सहमति बमोजिम प्राधिकरणले नबनाएको भौतिक पूर्वाधार मन्त्रालयको आरोप छ।

अचाक्ली महँगीले बिग्रियो दैनिकीः उपभोक्ताको भान्सामा नियन्त्रण, साना व्यापारी पनि मारमा

लगातार मूल्यवृद्धिले सर्वसाधारणलाई अत्यावश्यक सामग्री किन्नै मुस्किल पर्न थालेको छ। बालबच्चालाई विद्यालय भर्ना गर्न नसकेको धेरैको गुनासो छ। व्यापारमा कमी आउँदा साना व्यापारीको लयसमेत बिग्रिएको छ।

पुरानै लयमा फर्किँदै हेलम्बुको पर्यटन व्यवसाय

भूकम्प र काेराेनाले शून्यमा पुर्‍याएकाे हेलम्बुकाे पर्यटन तंग्रन थालेकाे छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण र काेराेनाकाे जाेखिम कम हुँदै गएकाले यहाँ दैनिक ५० जनाभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।

नेप्सेमा दोहोरो अंकको सुधार, ८८ करोडको सेयर कारोबार

मंगलबार २६५ वटा कम्पनीको २७ लाख ५७० कित्ता सेयर २७ हजार ७६६ पटक खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ।

नेपालमा उत्पादित सवारी दर्ता गर्न नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा लगिँदै

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ लाई संशोधन गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषद्मा पेस गर्ने भएको छ।