स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुने अवस्थामा पुगेका छन्।
परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर घुगङ्गा गाउँपालिका–३ कलेजाबाङस्थित महतारे आमा समूहले संरक्षण थालेका छन्।
साना बालबालिकालाई मायोपियाबाट जोगाउन उनीहरूलाई मोबाइल, ल्यापटप, भिडिओ गेम, टेलिभिजन वा यस्तै अन्य डिजिटल उपकरणबाट टाढा राख्नु नै सबभन्दा उत्तम उपाय हो।
प्रख्यात नायिका इन्ग्रिड बर्गमान् भन्छिन्, ‘वृद्ध हुनु पहाड चढ्नुजस्तै हो। तपाईंलाई अलिकति सास फेर्न गाह्रो होला, तर त्यसपछि देखिने दृश्य झनै स्पष्ट र सुन्दर हुनेछन्।’
कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन्। गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर कानूनी मान्यता दिने घोषणा गरेका छन्।
खहरे गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ। सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर कंक्रिटका नयाँ घर भवन बनिरहेका छन्।
काठमाडौँ ढुंगेधाराका शुभमले तीन वर्षअघि नेपालका लागि स्वीस राजदूतसँग डिनरको अवसर पाएका थिए। राजदूतको व्यस्तताले त्यो अवसरको बदला च्यारिटीका लागि पैसा दिइयो, जसबाट उनको सामाजिक कार्य शुरू भएको थियो।
काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा मास्टर्स गरेका श्रीकृष्ण अमेरिका जान भिसा शुल्क तिर्ने लाइनबाटै अचानक घर फर्की गाउँमै 'फार्मस्टे' खोलेर उदाहरणीय व्यवसायी बनेका छन्।
सिँचाइ अभावमा बागलुङका किसान अकाशे पानीका भरमा धान रोप्न बाध्य छन्। वैशाखदेखि असार पहिलो सातासम्म खडेरी परेकाले यसवर्ष रोपाइँ ढिला भएको छ।
विश्वविद्यालयले प्रयोगमा नल्याएको पाखामा खेत बनाएर कीर्तिपुरबासीले खेती गर्दै आएका छन्। राष्ट्रिय धान दिवस (असार १५) को मौका पारेरै यहाँ रोपाइँको चहलपहल छ।
मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। पूर्व–पश्चिम राजमार्गका यात्रुको रोजाइमा परेको छ, यहाँको निगुरो।
सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन आमाबुबा तथा अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ।
इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन्। एकपटक नौमती बाजा बजाएको रू २५ देखि रू ३० हजार लिने गरेका छन्। वर्षमा ६ महिनाजति व्यस्त हुने गरेको उनीहरू बताउँछन्।
कुनै समय नयाँ सडकमा ठेलामा चिया बेच्ने दयानाथ अहिले रन्जना गल्लीभित्र तीन तलामाथि त्यही काम गर्छन्। दैनिक २० हजार रुपैयाँसम्मको चिया बिक्री गर्ने उनी भन्छन्– मिहिनेत गर्नेलाई स्वदेशमै पैसा छ।
यौनिक तथा लैंगिक अल्पसंख्यकहरू खुल्दै जाँदा हिंसाका घटना पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ। तर, युवा पुस्ता भने एलजीबीटीआईक्यूए प्लस समुदायप्रति सचेत देखिन्छ।
मकवानपुरको हेटौँडा–६ चुच्चेखोलाका ८० वर्षीय कृष्णप्रसाद तिमल्सिनाले ४४ वर्षअघि खुवा व्यवसाय गर्न थालेका थिए। अहिले उक्त टोल नै खुवाको ‘हब’ बनेको छ।
संयुक्त राष्ट्रसंघको निर्णयअनुसार २१ जुन २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
सामान्यतया पुरुषबाट यौन सम्पर्कमार्फत महिलामा सर्ने एचपी भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ। यौनमा सक्रिय १०० मध्ये ८० देखि ९० महिलामा यो भाइरस संक्रमणको सम्भावना रहन्छ।
एक-एक घन्टामा फेर्नु पर्ने पानी धेरैजसो स्विमिङ पुलमा बिहान एकपटक मात्र फेरिन्छ, अझ कतिले हप्तामा एकपटक शनिबार मात्र फेर्छन्। क्लोरिन र पोटासको मात्रा पनि नमिलाइ राख्दा कपाल तथा छालामा समस्या हुन्छ।
नेपालका आठ हजार मिटरभन्दा माथिका आठ हिमालमध्ये ‘चोयु’बाहेक सबै आरोहण गरिसकेकी पूर्णिमा संसारकै १४ अग्ला शिखर चढ्ने यात्रामा छिन्।