गाउँमा रहेका खाली जमिनको सदुपयोग गरी स्थानीयस्तरमा व्यावसायिक जडीबुटी उत्पादन गर्ने प्रयासमा लागेको दाहालले बताए।
कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा छन्। परिवारका एकमात्र सन्तान कुशलको प्रदर्शनले विदेशमा रहेका उनी झनै खुशी छन्।
ज्ञानेन्द्रका अधिकांश ग्राहक विदेशी नागरिक नै हुन्। उनका अनुसार बौद्ध धर्म मान्ने नेपालीले पनि किन्छन्। तर उनले बनाएका धेरैजसो टिप्ली भारत र चीन जान्छन्।
ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुगोलाका स्थानीयले असोज ३ गतेलाई ‘घाँस काट्ने पर्व’कै रूपमा लिने गरेका छन्।
घान्द्रुकका करिब ३०० घरधुरीमध्ये १०५ मा विभिन्न व्यवसाय सञ्चालित छ। जसमा ५५ होटल, १८ होमस्टे र बाँकी रेस्टुरेन्ट, चिया कफी पसल छन्।
एउटै विद्यालयमा तीन दशक बढी समय बिताएका आलमले जागिर मात्रै नगरेको, गाउँको शैक्षिक उत्थानमा योगदान दिएको भन्दै धवलागिरि गाउँपालिकाले उनलाई अभिनन्दन गरेको छ।
काठमाडौँ उपत्यकाका स्थानीय तहले पैदलमार्गको संरक्षण गर्नुको सट्टा वन क्षेत्रसमेत मासेर सडक बनाउन थालेका छन्। जसले गर्दा काठमाडौँमा बढ्दै गएको ‘हाइकिङ’को चलनलाई नै नकारात्मक असर गर्न थालेको छ।
रमेश भुलको मृगौला प्रत्यारोपण गर्न सुरतले १३ लाख १७ हजार रुपैयाँ जुटाई अघिल्लो साता अस्पतालमै पुगेर हस्तान्तरण गरे। अछाममै बसेर यस्ता मानवीय सेवामा निरन्तर सक्रिय सुरत कैयौँको सहारा बनेका छन्।
खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण यसमा नयाँ पुस्ता लागेका छैनन्। व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ।
डब्लूएचओ दक्षिणपूर्वी एशिया निर्देशकका लागि हुने निर्वाचनमा नेपालका डा. शम्भु आचार्यसँगै बंगलादेशकी सायमा वाजिद प्रतिस्पर्धामा छन्। को हुन् डब्लूएचओ दक्षिणपूर्वको उच्च पदमा पुग्न चाहिरहेका डा. आचार्य?
कृषि पर्यटनलाई हामीले प्रवर्द्धन र प्रचार गर्ने हो भने हाम्रा पुराना परिकार र सत्कार पनि ब्युँतिनेछन्। खेतीपातीलाई बेकाम ठानेर विदेश जानेहरू पनि बिस्तारै देश फर्किनेछन्।
वडाध्यक्ष मुकुन्द रिजाललाई शरीरमा अक्सिजन कम भएको शुरूमा महसुस भएन, सायद। भर्ना भइसकेपछि अक्सिजनको आवश्यकता बढ्न थाल्यो। अनि, एक्स-रे गर्दा निमोनिया भएको देखियो। त्यो भाइरल निमोनिया थियो।
सात जनालाई रोजगारी दिइरहेकी देवीलक्ष्मीले बुनेका गलैँचा चीन, श्रीलंका, जापान लगायत देशहरूमा गइरहेका छन्। कोरोना महामारीपछिको मन्दीका बीच अहिले पनि उनी वार्षिक सात लाख रुपैयाँ कमाइरहेकी छन्।
पश्चिमा मुलुकहरूमा हेलमेट वा सिट बेल्ट नबाँधेको अवस्थामा सवारी दुर्घटना हुँदा बीमितले क्षतिपूर्ति वा सहयोग पाउँदैन। त्यस किसिमको नीति तर्जुमा गरे दुर्घटना घटाउन सकिन्छ।
वीरगन्जको बाँकी परिवेशबारे बिस्तारै थप बुझ्दै गइएला। तर त्यहाँको खानपिनको यात्रा मेरो लागि मस्तिष्कमा ‘डोपामिन हर्मोन’ जगाउने सम्झना बनेको छ।
सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवम् उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध संकटमा परेका छन्।
‘आफ्नै लगानी, आफ्नै पौरख र आफ्नै कमाइमा बाँच्न पाउनु जति रमाइलो जीवनमा अरू केही हुँदो रहेनछ।’
‘पढ्ने विषयको रोजाइमा अभिभावकको चाहना पछ्याउँदा बालबालिकाको आफ्नै क्षमता चाहिँ मर्न सक्छ। छोराछोरीलाई आफ्नो चाहनाअनुसारको बनाउनुभन्दा पनि उनीहरू आफैँ के बन्न चाहन्छन् पत्ता लगाउनु महत्वपूर्ण हो।’
प्रविधिको विकासले खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा पनि संकटमा परेको छ।
जीवन कुनै कविको कल्पनाजस्तो हुँदैन, नत चित्रकारले कोरेको सुन्दर चित्रजस्तो हुन्छ। वास्तविक जीवनका वास्तविक चुनौती र समस्या हुन्छन्।