करिब चार हजार मिटरको उचाइमा पर्ने लोदेन क्षेत्रमा सानादेखि ठूला दर्जनौँ पोखरी छन्। सुनपोखरी, लामपोखरी, कुहिने पोखरी हाँस पोखरीलगायत पोखरीको अवलोकन गर्न पाइन्छ।
मानबहादुर घरभन्दा ६० किमि टाढा नवलपरासीमा भएको राष्ट्रिय भलिबल प्रतियोगिता हेर्न पुगेका थिए। तर मध्यपश्चिमका एक खेलाडी खेलअघि नै घाइते भएपछि मानबहादुरको जिन्दगीको बाटो नै मोडियो।
ललितपुरको खोकनाका स्थानीय धान गोड्न व्यस्त छन्। जेठको अन्त्य र असारको पहिलो सातातिर धान रोपेका उनीहरूलाई अहिले गोडमेल गर्न र मल हाल्न भ्याइ नभ्याइ छ।
सबैले बुझ्नै पर्ने कुरा, संरक्षण क्षेत्रभित्र घुमफिर गर्दा महत्त्वपूर्ण नियम पालन गर्नु आवश्यक छ। त्यो हो, ´तिमीले आफ्नो पदचापबाहेक केही नछोड, केही तस्वीरबाहेक अरू चीज नलैजाऊ`।
विश्व स्वास्थ्य संगठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिले सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस संक्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ।
न्युरोडमा १० तलामाथि एक जना वृद्ध महिला एक्लै बस्नुहुँदो रहेछ, उहाँलाई समेत डेंगु भयो। जबकि दुईरतीन महिनादेखि उहाँ बाहिर जानुभएको थिएन।
ठाउँ नचिनेकाले शुरूशुरूमा काम गर्न धेरै अलमल भयो। गुगल म्यापबारे थाहा नभएकोले पनि सहज रूपमा काम गर्न सकेनन्। कतिपटक म्याप हेर्न नजान्दा ग्राहकबाट गाली खानुपर्यो। राति खुट्टा दुखेर निदाउन पनि सकेनन्।
मायोपिया भएको समयमै थाहा नपाएर चस्माको प्रयोग गर्न ढिला भएमा फेरि पहिलेकै जस्तो दृष्टि फिर्ता गर्न गाह्रो हुन्छ।
आफ्ना तितामिठा भोगाइहरूलाई नै समीक्षाले परिवर्तनतर्फ मोडिने फड्को बनाउँदै गइन्। त्यही क्रममा राजनीतिमा होमिएकी उनी विवेकशील साझा पार्टीमा लागेको पाँच वर्षमै महाधिवेशनबाट निर्वाचित पहिलो अध्यक्ष भइन्।
बेमौसमी फलफूलको उत्पादनसँगै सिजन अगावै वा सिजनपछि पनि बजारमा आँप उपलब्ध हुने गरेको छ। तर नेपालको आँप उत्पादनको मूलथलो रहेको तराई-मधेशमा भने वैशाखअगाडि आँप खाइँदैन।
सिमेन्टले बनाइएका सिँढीहरू नेपाली हिँडाइको मौलिकतामा चुनौती बनेका छन्। किनकि, हाम्रो हिँडाइ प्राकृतिक तथा जैविक मार्गमैत्री छ। यस्ता सिँढी घुँडा तथा ढाड दुखाउने कारक हुन्।
केही शर्त पूरा हुँदा मात्र स्तनपान गराउँदाको अवस्थामा भएको शारीरिक सम्पर्कमा ९८ प्रतिशत गर्भ रहने सम्भावना रहँदैन।
उनी आफ्ना प्रशिक्षार्थी बहिनीहरूलाई भनिरहेकी हुन्छिन्– ‘कठिन समयमा कहिल्यै आत्तिनु हुँदैन। धैर्य लिएर मिहिनेत गरिराखे मैले जस्तै दिनको ५ देखि ६ हजारसम्म आम्दानी गर्ने दिन अवश्य आउँछ।’
भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै कमलबहादुर बोहोरा जागिरको सिलसिलामा अस्ट्रेलिया पुगी मूर्तिकारको सहयोगीका रूपमा काम गरे। अस्ट्रेलियामा सिकेको सीप अहिले पोखरामै प्रयोग गरिरहेका छन्।
ज्यालामजदुरी गरेर गुजार चलाइरहेका बाँकेको बैजनाथका महिला तरकारी खेतीमा लागेका छन्। उनीहरू अर्ग्यानिक तरकारी बेच्न प्रत्येक बिहान नेपालगन्ज बजार जाने गर्छन्।
लामो बिदाबाहेक दुईतीन दिनको छोटो बिदामा कतै जाने ठाउँ थिएन। लामो बिदामा घर जान अथवा काजमा काठमाडौँ जान पनि प्लेनको टिकट सजिलै पाइँदैनथ्यो।
सीमाको प्रेमको उडानलाई तथाकथित 'अनर' (इज्जत) को सिमाना भत्काउने दृष्टान्तका रूपमा पनि लिन सकिन्छ। दुःखको कुरा, महिला भएकै कारण सीमाका अगणित दुःखहरू बाँकी नै छन्।
गाउँपालिकाले प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिएपश्चात् ताराखोलाको गाईघाट झरनामा पर्यटकको आगमनमा वृद्धि भएको छ।
आनन्दपुरमा पहिले तरकारी उत्पादन हुँदैनथ्यो। बारीमा लगाएको मकैले खान नपुग्ने भएपछि भारत जानुको विकल्प थिएन। तर, अहिले प्रत्येक परिवारले तरकारीखेती थालेका छन्।
गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुंगेघर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ।