'अटिजमलाई रोगभन्दा पनि बालबालिकामा देखिने विशेष अवस्था र फरकपनको रूपमा मान्नु पर्छ'
बागलुङ नगरपालिका–४ कुँडुलेका ६७ वर्षीय टीकाराम सापकोटा बिहान उठेदेखि रातिसम्म तरकारी बारीमा भेटिन्छन्। चार दशकदेखि कृषि कर्ममा लागेका उनी अहिले जिल्लामा ‘तरकारी काका’ नामले परिचित छन्।
वसन्त ऋतुमा हुने बाक्लो हिमपातले फूल फुलेका र पालुवा फेरेका बोटबिरुवालाई वृद्धि विकास हुनबाट रोक्छ।
जगदीशपुर मुलुककै सबैभन्दा धेरै पानी चरालाई आश्रय प्रदान गरिरहेको ताल हो। हालै भएको गणनामा यहाँ ४४ प्रजातिका ९ हजार ४८७ चरा भेटिएका छन्।
म्याग्दीको बेनी नगरपालिका–६ का अशोक शाही, वडा नं ८ का अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका–७ का रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जन तथा मौलिकता संरक्षणमा लगाएका हुन्।
बागलुङमा घरमा भन्दा मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ। कालिका मन्दिरलाई कलात्मक बनाउने जिम्मा ६० वर्षीय भीमबहादुर विश्वकर्माले लिएका छन्।
विदेशबाट आउने स्यानिटरी प्याडको मूल्य वर्षमै २ देखि ३ पटकसम्म बढ्ने गरेको छ। स्वदेशमै उत्पादन हुने भए पनि आयातित प्याड नै रुचाइने हुँदा यहाँको उत्पादनले बजार पाउन मुस्किल परेको बिक्रेताहरू बताउँछन्।
लामो समयसम्म नवजात शिशु तथा बालबालिकाको मुखमा केही बस्नु भनेको उनीहरूको मुखमा कीटाणु जम्मा हुन दिनु हो। त्यसैले दुधदानी र प्यासिफायर जस्ता चीज धेरैबेर बच्चाको मुखमा राख्दा ठूलो समस्या निम्तिन सक्छ।
काठमाडौँमा मौसमी रुघाखोकीका बिरामी बढे पनि अस्पताल पुग्नेको संख्या सामान्य रहेको चिकित्सक बताउँछन्। छोटो समयमा रुघा दोहोरिने र कतिपयलाई लामो समयसम्म खोकी लागिरहने समस्या देखिने गरेको छ।
गाउँमा विकास भइरहे पनि बसाइँसराइ नरोकिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए।
सन् २०२२ को शुरूमा अमेरिकामा मात्रै ५ करोड भन्दा बढी र युरोपमा पनि सोही संख्यामा पोल्ट्रि पंक्षी सखाप भएका थिए।
हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवर्द्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन।
परिश्रम धेरै गर्नुपर्ने तर मूल्य कम पाइने भएकाले माटाको भाँडा बनाउने पेशा धान्न मुस्किल परेको कुस्मा नगरपालिका–८ का भीमबहादुर कुमालको भनाइ छ।
जाडो मौसममा कतिपय मानिसमा निराशा छाउने गर्छ, मान्छेमा दुखी हुने, निन्द्रा नलाग्ने, काममा मन नलाग्नेजस्ता समस्या देखा पर्छन्। जसले गर्दा पछि एङ्जाइटी, डिप्रेसनलगायत समस्या निम्तिन सक्छ।
परम्परागत लैंगिक भूमिकाबाट माथि उठेर छोरीलाई भविष्य निर्माणको अवसर दिँदै गर्दा कतै छोराहरूको पालनपोषण परम्परागत तरिकाले भइरहेको त छैन?
छोराहरूको मृत्युपछि श्रीमतीले छाडेर गएको र आफन्तले उपेक्षा गरेको भन्दै बेनी–५ का राहुल विक ओडारमा बसिरहेका छन्।
आमाको दुध सेवन गर्न नपाएका वा नसकेका नवजात शिशुका लागि अन्य सुत्केरीले दान गरेको दुध खुवाउन थापाथलीस्थित प्रसूति अस्पतालले ‘अमृत कोष’ शुरू गरेको छ।
बाथ सयौँ प्रकारको हुने भएकाले यसका लक्षण पनि भिन्नभिन्न हुन्छन्। तर, ९० प्रतिशत बाथ रोगीहरूमा जोर्नी दुख्ने समस्या देखिन्छ।
आगामी दिनमा निर्माण हुने घरमध्ये आर्थिक अवस्था कमजोर भएकालाई ढुंगाको घर निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष गुरुङ जानकारी दिए।
मिर्गौला ८० प्रतिशत खराब भइसक्दा पनि शरीरमा कुनै लक्षण देखिँदैन। लक्षण देखिएपछि उपचारका लागि जाँदा ढिलो भइसकेको हुन्छ। यतिबेला डायलासिस र प्रत्यारोपणबाहेक विकल्प रहँदैन।