AnonymousUser

Logout

रित्तिँदै गाउँ, जीर्ण बन्दै घर

मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ। पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ।

९० वर्षीय प्रेमबहादुर कक्षा १ मा, भन्छन्– केही सिकौँ भनेर पढ्न थालेको हुँ 

दाङ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगी पनातिसमान उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन्। अब, बाँचुन्जेल पढिरहने उनको भनाइ छ।  

अमेरिकामा ‘मुटु सम्हाल्ने’ डा. मलखको ख्याति

विश्वकै ठूलो अस्पतालमध्येको मेयो क्लिनिकमा मुटुको शल्यक्रिया गर्छन् डा. मलख श्रेष्ठ। अन्य अंगभन्दा मुटु शल्यक्रिया संवेदनशील हुनाले हरेक बिहान ‘बिरामी मर्न दिन्नँ’ भनेर सजग हुने गरेको उनी बताउँछन्।

जनैपूर्णिमाको गन्तव्य पाँचपोखरी (तस्वीरहरू)

एकै ठाँउमा पाँच वटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिनमा फुलेका विभिन्न रंगका फूलहरुले त्यहाँ पुग्ने जोकसैको मन लोभिन्छ।

संघर्षशील सरस्वती जसले सुदूरपश्चिमको माटोबाट उठेर देशकै शिर उँचो बनाइन् 

अमेरिकी विदेश मन्त्रालयले सामाजिक न्यायको क्षेत्रमा यसै वर्ष स्थापना गरेको ‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन्स अवार्ड’ पाउने संसारका ६ जनामा पर्न सफल सरस्वती नेपाली बाल्यकालदेखि नै संघर्षशील थिइन्।

साइकलमा ‘फुड डेलिभरी’ गर्नेलाई सुरक्षासम्बन्धी तालिम 

साइकलमा ‘फुड डेलिभरी’ गर्नेहरू सडकमा अपहेलित र बढी असुरक्षित रहेकाले तालिम प्रदान गरिएको नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठको भनाइ छ। 

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द, बिरामी यात्रु मर्कामा

हवाई मार्ग रोकिएपछि हिमाली जिल्लाबाट उपचार तथा अन्य कामका लागि नेपालगन्ज तथा सुर्खेत झर्ने यात्रु मर्कामा परेका छन्।

मनाङ पुग्ने रहर, बाटोको छैन भर

ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्योभन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी। माथि उस्तै अजंगको चट्टानी पहरो। यो अवस्था मनाङ जाने सडकको हो।

कर्णालीको माटोमा सीप खिपेर नयाँ पुस्तालाई समृद्धि खोज्न सिकाइरहेका नारायण सर

जिल्लाजिल्लाका सामुदायिक विद्यालयमा लोकप्रिय भइरहेको ‘पढ्दै कमाउँदै कार्यक्रम’का परिकल्पनाकार पनि उनै हुन् जसलाई व्यवस्थित कार्यविधिसहित देशभर लागू गर्न संघीय शिक्षा मन्त्रालय अघि सरेको छ।

गाउँ–गाउँमा प्राकृतिक स्रोतका द्वन्द्व सुल्झाइरहेकी पार्वती

बालविवाह, प्रसव वेदनासँगैको पतिवियोग र अभावले डस्दाडस्दै सहनुपरेको पितृशोक पार्वतीका अग्निपरीक्षा थिए। ती सबैलाई जितेर उनले बनाएको प्राकृतिक स्रोतसम्बन्धी विवाद समाधान गर्ने छबि चमत्कार झैँ छ।

आँखाको टेढोपनलाई बेवास्ता गरे निम्तिन सक्छ अन्धोपनको जोखिम

विशेषज्ञ भन्छन्– ‘बालबालिकाको आँखा टेढो भएमा छिटोछिटोअल्छी हुँदै जान्छ र पछि त्यसलाई निको पार्न गाह्रो हुन्छ जसबाट सधैँका लागि दृष्टि नै गुम्न पनि सक्छ। त्यसकारण आँखा जँचाइराख्नुपर्छ।’

चाडपर्व खर्च जोहो गर्न भारत जानेको लर्को

प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाह नाका हुँदै चाडपर्व खर्च जुटाउन भारत जानेको लर्को लाग्ने गर्छ। हाल दैनिक २०० जनाभन्दा धेरै नेपाली भारत गइरहेको सीमानाका जमुनाहले जनाएको छ।

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन शेर्पाले साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए।

जुनसुकै उमेरका मानिसलाई लाग्नसक्छ आँखा पाक्ने रोग: कसरी बच्ने?

देशभर आँखा पाक्ने रोगका बिरामी बढेका छन्। यसबाट बच्न स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने, अरूले प्रयोग गरेको रुमाल, तौलिया र साबुन प्रयोग नगर्नेलगायत उपाय अपनाउन सकिन्छ। 

पियारी आमा: जसले आफ्नो नाममा रहेको सबै जग्गा विद्यालयलाई दिइन्

नवलपुरको कावासोती–४ की पियारी गुरुङले आफ्नो नाममा रहेको सबै सम्पत्ति विद्यालयलाई प्रदान गरेकी छन्। उनको सम्मानमा नगरपालिकाले ‘पियारी गुरुङस्तम्भ’ निर्माण गर्ने योजना बनाएको छ।

ज्येष्ठ नागरिक भन्छन्– स्थानीय सरकार नै जनताको सरकार

पाल्पाको रामपुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षणका लागि ज्येष्ठ नागरिकले नगर/वडा कार्यालय जानुपर्ने अवस्थाको अन्त्य गरेको छ। 

काठमाडौँबाट हराउँदैछन् मौलिक शैलीका परम्परागत घर (भिडियो कथा)

कंक्रिटका घरले भरिएका काठमाडौँ उपत्यकाका शहर र आसपासका क्षेत्रमा अब मौलिक शैलीका परम्परागत घर दुर्लभजस्तै भएका छन्। २०७२ सालको भूकम्पपछि यस्ता घर अझ तीव्ररूपमा विस्थापित भइरहेका छन्।

‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ’’

‘ब्लाइन्ड रक्स’ नामक संस्थाले १० दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर मिलाइदिएको थियो।  सफलतामा पुग्न अपांगताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको हो।

तनहुँका विद्यालयमा विद्यार्थीलाई सीपसँग जोड्न ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तनहुँमा पढ्दै कमाउँदै र एक वडा एक उत्पादन कार्यक्रम लागू भएका गाउँपालिकामा विद्यार्थीले कृषि फार्म चलाउने गरेका छन्। विद्यालयको लगानीमा सञ्चालित फार्मको नाफा विद्यार्थीकै हुन्छ।

बाँदर आतंकले हैरानी: दिनभर कुरुवा बस्छन् स्थानीय

एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमा कुरुवा बस्न बाध्य छन्। कतिपय खेतबारी बाँदरकै कारण बाँझिएका छन्।